हुवावे नेपाल र टिजेएफबीच ‘फ्युचर कनेक्ट समिट २०२५ सम्पन्न: नेपालको फाइभजीमा हुवावेले सहयोग गर्ने

Huawei Nepal Partners with TJF
Share It On:

०९ पुस, काठमाडौं।

प्रविधि पत्रकार मञ्च (टिजेएफ) र हुवावे नेपाल ले संयुक्त रूपमा आयोजना गरेको ‘फ्युचर कनेक्ट समिट २०२५’ सम्पन्न भएको छ । ‘ड्राइभिङ अ ग्रिनर डिजिटल फ्युचर’ नारासहित आयोजना गरिएको यो समिट नेपालका अग्रणी प्रविधि पत्रकारहरू र हुवावे नेपालका पदाधिकारीहरूको सहभागितामा सम्पन्न भएको हो ।

Huawei Nepal Partners with TJF

आईतबार आयोजित उक्त कार्यक्रममा नेपालको प्रविधि क्षेत्रमा कलम चलाउने पत्रकारहरूको उपस्थिति थियो। साथै, हुवावे नेपालका विभिन्न विभागका प्रतिनिधिहरू पनि सहभागी थिए। कार्यक्रममा सहभागीहरूले नेपालको डिजिटल विकासका सम्भावनाहरू, विश्वव्यापी प्रविधिको नवीनतम प्रयोग, र हरित प्रविधि विकासका विषयमा छलफल गरेका थिए।

कार्यक्रममा हुवावे नेपालका पब्लिक रिलेसन प्रमुख लिन हाइले नेपाली प्रविधि पत्रकारहरूसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी व्यक्त गरे । उनले भने, ‘नेपालको प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन हामी टिजेएफबीसँग सहकार्य गर्न पाएकोमा गर्व गर्छौं। भविष्यमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्ने हाम्रो अठोट छ ।’ उनले प्रविधिको फाइदा समाजका सबै वर्गसम्म पु¥याउन हुवावेले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। “हामी टिजेएफसँग थप विविध विषयमा बार्यक्रम गर्न तयार छौं र नेपाली प्रविधि पत्रकारितालाई योगदान दिन चाहन्छौ ।“

हुवावे नेपालका कर्पोरेट अफेयर्स म्यानेजर असित अधिकारीले हुवावेले विश्वभर प्रविधिको माध्यमबाट पु¥याएको योगदानबारे जानकारी गराए । उनका अनुसार, हुवावे हाल विश्वका १७० भन्दा बढी देशमा सेवा प्रदान गर्दै करिब २ लाख ७ हजारभन्दा बढीलाई रोजगारी दिन सफल भएको छ । उनले थपे, ‘हाम्रो उद्देश्य व्यापारिक मात्र होइन, सामाजिक र संस्थागत उत्तरदायित्वका क्षेत्रहरूमा पनि योगदान पु¥याउनु हो। नेपालमा पनि हुवावेले विगत २५ वर्षदेखि निरन्तर सेवा दिँदै सामाजिक र आर्थिक रुपान्तरणमा सहयोग गरिरहेको छ ।’

कार्यक्रममा टिजेएफका अध्यक्ष उमेश पौडेलले नेपालमा प्रविधि पत्रकारितालाई थप फराकिलो पार्नका लागि यस्ता कार्यक्रमहरुले सहयोग पुर्याउने बताए । नेपालमा प्रविधिको क्षेत्रको बुझाइमा ठूलो अन्तर रहेको भन्दै उनले यस क्षेत्रलाई थप क्रियाशिल र प्रभावकारी बनाउनका यस्ता कार्यक्रहले सहयोग पुग्ने बताए ।

हामीले प्रविधि पत्रकारितालाई अझ समृद्ध बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको र विश्वका नविनतम प्रविधि जस्तै एआइ, साइवर सेक्युरिटि तथा फाइभजी लागयतका विषयमा थप कार्यक्रम गर्दै प्रविधि पत्रकारितालाई थप मजबुत बनाउन लागेको बताए ।

समिटका क्रममा हुवावे नेपालका प्रभात रेग्मीले विश्व बजारमा फाइभजी प्रविधिको प्रभाव र यसको सम्भावनाबारे प्रस्तुति दिएका थिए। उनले भने, ‘फाइभजी प्रविधिले कम विलम्बता (लो ल्याटेन्सी) का साथ उच्चगतिको सेवा प्रदान गर्दछ, जसले गर्दा यो प्रविधि उद्योगदेखि स्वास्थ्य र शिक्षा क्षेत्रसम्म क्रान्तिकारी परिवर्तन ल्याउन सक्षम छ।’ रेग्मीले नेपालमा फाइभजीको विस्तारबाट दिगो डिजिटल विकासलाई तीव्रता दिने विश्वास व्यक्त गरे। उनले नेपालले पनि फाइकभजी सुरुवात गरेर भरपुर उपयोग गर्न सक्ने र यसले नेपाल सरकारले लिएको डिजिटल नेपाल फ्रेमवर्कलाई धेरै ने सहयोग गर्ने बताए ।

कार्यक्रममा बिजनेस पावर एण्ड बिजनेस इन्भाइरोन्मेन्ट डिपार्टमेन्टका निर्देशक जेम्स झाङले हुवावेले सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जाको उपयोग बढाएर वातावरणमैत्री समाधानहरू विकास गर्न प्राथमिकता दिएको जानकारी गराए । उनले नेपालमा भौगोलिक विविधताका कारण सौर्य ऊर्जाको ठूलो सम्भावना रहेको र यसमा हुवावे प्रविधिले महत्त्वपूर्ण योगदान दिन सक्ने बताए।

For More:-Huawei Nepal Partners with TJF


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *