नाडा अटो शो २०२६: स्टल बाँडफाँडका लागि गोला प्रथा सम्पन्न
२१ असार, काठमाडौं।
नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (NADA) द्वारा आयोजना हुन गइरहेको देशकै सबैभन्दा ठूलो सवारी मेला “एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६” (HP Presents NADA Auto Show 2026) को स्टल बाँडफाँड कार्य सम्पन्न भएको छ।
नाडा सचिवालयमा आज (असार २१ गते) आयोजित एक विशेष कार्यक्रमका बीच गोला प्रथा (Lucky Draw) द्वारा सहभागी कम्पनीहरूलाई स्टलहरू वितरण गरिएको हो।
आउँदो २०८३ भाद्र ९ देखि १४ गतेसम्म आयोजना हुने यस भव्य प्रदर्शनीको १८औं संस्करणका लागि गत महिना नै दर्ता (रजिष्ट्रेशन) खुल्ला गरिएको थियो।
गोला प्रथाद्वारा यसरी गरियो स्टल बाँडफाँड
नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्यहरू तथा सहभागी कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा पारदर्शी रूपमा गोला प्रथा सम्पन्न गरिएको थियो। यस अन्तर्गत निम्न अनुसार स्टलहरू बाँडफाँड गरिएको छ:
प्यासेन्जर भेहिकल (Four-Wheelers): १९ वटा स्टल
दुई-पाङ्ग्रे सवारी साधन (Two-Wheelers): १० वटा स्टल
लाइट कमर्शियल भेहिकल (LCVs): १७ वटा स्टल
साना स्टल र अटो कम्पोनेन्ट्स: ७६ वटा साना स्टलहरू मार्फत ४५ वटा अटो कम्पोनेन्ट्स कम्पनीहरू
कार्यक्रमको समापनमा नाडाका महासचिव मिलनबाबु मल्ले नाडा अटो शो २०२६ मा उत्साहजनक सहभागिता जनाउने सम्पूर्ण कम्पनीहरू तथा सरोकारवालाहरू प्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
For more: HP Presents NADA Auto Show 2026


