होटल पार्क ल्याण्डले आईपीओ ल्याउने, सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त
९ पुष २०८२, काठमाडौं ।
चितवनको सौराहमा विगत १८ वर्षदेखि सञ्चालन हुँदै आएको होटल पार्क ल्याण्ड लिमिटेडले सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। सोही प्रयोजनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।
बुधबार डिल्लीबजारमा भएको दुईपक्षीय सम्झौतामा होटल तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटल तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपछि होटल पार्क ल्याण्डको शेयर निष्काशनको जिम्मेवारी सम्हाल्नेछ।
हाल होटल पार्क ल्याण्ड ३२ कट्ठा क्षेत्रफलमा फैलिएको छ र यसमा ३२ कोठा रहेका छन्। सञ्चालकको भनाइ अनुसार, छिट्टै क्षमता बृद्धि गरी होटललाई ४४ कट्ठामा १०५ कोठासहित चार तारे होटलमा परिणत गर्ने लक्ष्य राखिएको छ।
होटल सौराहा गैडाचोकबाट करिब ३५० मिटरको दूरीमा अवस्थित छ र यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
For More:-Hotel Park Land IPO



