नेपालका बाढी प्रभावितका लागि होन्डाद्वारा १ लाख अमेरिकी डलर सहयोग
१६ असोज, काठमाडौं।
नेपालमा गत अगस्ट २६ मा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले होन्डा (Honda) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर (US$100,000) सहयोग उपलब्ध गराएको छ।
होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय, एसियन होन्डा मोटर कम्पनी लिमिटेड (Asian Honda Motor Co., Ltd.) ले थाई रेडक्रस सोसाइटी (Thai Red Cross Society) मार्फत उक्त आर्थिक सहयोग प्रदान गरेको हो।
यस कठिन घडीमा होन्डाले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायूप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूको शीघ्र पुन:स्थापनाको कामनासमेत गरेको छ।
For More: Honda Flood Relief Nepal

