साउन १३ गते देखि १८ गतेसम्म  हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज हुँदै

Hero & Evolve Soroom
Share It On:

१५ साउन काठमाडौं ।

नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले ‛हिरो एक्सचेञ्ज ’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ ।

Hero & Evolve Soroom Exchanges

युक्त अफर यही साउन १३ गते आइतबारबाट सुरु भएर साउन १८ गतेसम्म संचालन हुनेछ र ९ ठाउँमा (बनेपा, दुलेगौंडा, गौशल , धनुषाधम, महेन्द्रनगर  इष्ट, सुरुङगा  , भैरहवा , नेपालगन्ज , महेन्द्रनगर) हुनेछ ।

यस मेलामा ग्राहकले कुनै पनि ब्राण्डका  मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्यांकन भन्दा ८ हजार बढीको मूल्यांकन पाउने आयोजकले जनाएको छ ।

साथै, एक्सचेञ्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा निशुल्क हेल्मेट पनि वितरण गरिने आयोजकले जनाएको छ । एक्सचेञ्ज अफरमा ग्राहकहरुले हिरो एक्स पल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन् ।

नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ ।

साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ । यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।

Hero & Evolve Soroom Exchanges


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *