ह्याम्स हस्पिटलद्वारा विमानस्थलमा अत्याधुनिक AED मेसिन जडान: मुटुका बिरामीले तत्काल उपचार पाउने
४ वैशाख, काठमाण्डौ।
ह्याम्स हस्पिटलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष (अध्यागमन काउन्टर नजिक) अत्याधुनिक AED मेसिन जडान गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रीहरूको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै ह्याम्स हस्पिटल (HAMS Hospital) ले एक महत्वपूर्ण कदम चालेको छ। हस्पिटलले विमानस्थल परिसरभित्र अत्याधुनिक AED (Automated External Defibrillator) मेसिन सफलतापूर्वक जडान गरेको हो।
हवाई यात्राका क्रममा यात्रीहरूमा हुन सक्ने मुटु सम्बन्धी आकस्मिक समस्या (विशेषगरी हृदयघात) लाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो जीवन रक्षक प्रविधि उपलब्ध गराएको हो।
तत्काल जीवन बचाउने उद्देश्यका साथ अत्याधुनिक AED मेसिन विमानस्थलको आगमन कक्ष (Arrival) स्थित अध्यागमन काउन्टर (Immigration Counter) नजिकै सबैले सहजै देख्ने र भेट्ने गरी जडान गरिएको छ, ताकि आकस्मिक अवस्थामा यसको तत्काल प्रयोग गरी अमूल्य जीवन रक्षा गर्न सकियोस्।
ह्याम्स हस्पिटलका अनुसार, विमानस्थल जस्तो संवेदनशील र व्यस्त स्थानमा हुने आकस्मिक स्वास्थ्य संकट, विशेषगरी हृदयघात (Cardiac Arrest) जस्ता अवस्थामा यो मेसिनले अमूल्य जीवन बचाउन निर्णायक भूमिका खेल्नेछ। यो मेसिनको उपलब्धताले नेपाली र विदेशी यात्रीहरूका लागि हवाई यात्रालाई अझ सुरक्षित र भरपर्दो बनाउन ठूलो सहयोग पुर्याउने विश्वास लिइएको छ।
“तपाईँको स्वास्थ्य, हाम्रो प्रतिबद्धता” भन्ने मूल मन्त्रका साथ सञ्चालित ह्याम्स हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत विमानस्थलमा यो सेवा विस्तार गरेको हो।
For More:-HAMS Hospital AED Installation


