ग्राण्डी अस्पतालमा सप्ताहव्यापी ‘विश्व प्रयोगशाला दिवस’ सुरु: उत्कृष्ट कर्मचारी सम्मानित
१० वैशाख, काठमाडौं।
काठमाडौँको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘विश्व प्रयोगशाला दिवस’ मनाइएको छ ।
प्रत्येक वर्षको अप्रिल २३ मा विश्व प्रयोगशाला दिवस मनाउँदै आएपनि यसवर्ष भने सप्ताहव्यापी रुपमा कार्यक्रम गरि मनाउन लागिएको छ । यसवर्ष अप्रिल १९ देखि २५ सम्म सप्ताहव्यापी कार्यक्रम गरेर उक्त दिवस मनाईँदैछ ।
विश्व प्रयोगशाला सप्ताहका अवसरमा आज ग्राण्डीमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले रोग निदानका लागि प्रयोगशालाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले प्रयोगशाला परीक्षणविना रोग निदान गर्न नसकिने भएकाले यसको आवश्यकता दिन प्रतिदिन बढ्दै गएको उल्लेख गरे ।
अस्पतालका प्रमुख सञ्चालन अधिकृत (सिओओ) कर्णेल अमृत खन्नाले ल्याव अस्पतालको अभिन्न अङ्ग भएकाले यसको विकास र विस्तारका लागि अस्पताल प्रशासनको सँधै साथ र सहयोग रहेको उल्लेख गरे ।
ग्राण्डी अस्पतालका ल्याब विभाग प्रमुख डा अनिलदेव पन्त, ल्याव शाखाकी डा शैला राणाले ल्यावको परिक्षणलाई अगाडि बढाउन अस्पताल प्रशासनबाट राम्रो साथ र सहयोग भएको बताए ।
उनीहरुले ल्यावबाट आएको नमूना परिक्षणको नतिजालाई ‘आधिकारिक रिपोर्ट’ बनाएर विरामीलाई उपलब्ध गराउँदै अगाडि बढ्नुपर्ने बताएका छन् ।
कार्यक्रममा लामो समयदेखि ल्याव विभागमा कार्यरत अञ्जु तामाङ, ज्योती श्रेष्ठ, सुदिप रानाभाट, आस्था श्रेष्ठ र सुसन श्रेष्ठलाई सम्मान गरिएको थियो । उक्त अवसरमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
For More:-Grande Hospital Laboratory Day



