शनिवार ह्वावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले, सम्पूर्ण तयारी पूरा

ICT AWARD NEPAL

१० पुस २०७७, काठमाडौं ।

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिवार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हँुदै छ । लिभिङ विथ आइसिटीको आयोजनामा हुने ह्वावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनालेको हिमालय टेलिभिजन, डिस होमका च्यानल, अनलाइन, हाम्रो पात्रो एप, फेसबुक र युट्युबबाट समेत प्रत्यक्ष प्रसारण हुनेछ ।

सोल्टी क्राउन प्लाजामा आयोजना हुने फिनालेमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर अवार्डका प्रतिस्पर्धी र सीमित अतिथिको बीचमा कार्यक्रम सम्पन्न गरिनेछ । कोरोना महामारीको कारण यस वर्षको आइसिटी अवार्ड नियमित समयभन्दा ढिलो भए तापनि अवार्ड अझ परिष्कृत रूपमा सम्पन्न हुने हाम्रो विश्वास लिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

कार्यक्रम सफल रूपमा सम्पन्न गर्नका लागी आयोजक, जुरी र सल्लाहकार समितिले अथक प्रयास गरेका छन् । अवार्डमा गतवर्षभन्दा ३ गुणा बढी नोमिनेशन प्राप्त भएको र छनौट प्रक्रियाका लागि नै ४ महिनाको समय व्यतीत गरिएको छ । २५ भन्दा बढी जुरी मिटिङहरू सम्पन्न भएका छन् । अधिकांश जुरी छनौट प्रक्रिया र मिटिङहरू सूचना प्रविधिको अधिकतम प्रयोग गरी भर्चुअल रूपमा सम्पन्न भएका छन् । हामीलाई लाग्छ, अवार्डको छनौट प्रक्रिया यति निष्पक्ष, पारदर्शी र विश्वासिलो बनाउन जसरी विभिन्न किसिमले प्रविधिको प्रयोग गरिएको छ, यो नेपालका लागि उदाहरणीेय रहेको जुरी संयोजक शुशिल पोखरेलले बताए ।

ह्वावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ विधाहरू रहेको भए तापनि एक विधा थप गरेर जुरी मेन्सन आइसिटी अवार्ड २०२० पनि प्रदान गरिनेछ । यस वर्ष ३५० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो भने जुरी सल्लाहकारबाट पनि नोमिनेशन गरिएको थियो । ह्वावे आइसिटी अवार्ड २०२० मा १४ जना जुरी र सोही बराबर जुरी सल्लाहकार रहनुभएको छ ।
अवार्ड सफल बनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका ३० भन्दा बढी संस्थाहरूको सहकार्य र सहयोग रहेको छ । नेपाल सरकारको तर्फबाट मन्त्रालय, विभाग, दूरसञ्चार प्राधिकरण, नास्ट लगायतको सहकार्य रहेको यस अवार्डमा नेपाल टेलिकम र जिनसले इन एशोसिएशनमा सहकार्य गरेका छन् । विश्वप्रसिद्ध टेक कम्पनी ह्वावेसँग विशेष सहकाय गर्न पाउँदा अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सहयोग मिल्नेछ । अवार्डको जुरी सल्लाहकारमा सिलिकन भ्याली अमेरिकाका सोफी एल्कर्नको सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा कम्पनी विस्तार गर्न चाहने नेपाली स्टार्टअपलाई सघाउ पुग्नेछ ।

ह्वावे आइसिटी अवार्ड २०२० मा फोनपे पावर्ड बाईमा रहेको छ भने नेपाल दूरसञ्चार प्राधिकरणबाट विशेष सहयोग प्राप्त छ । यसमा एनसेल, राष्ट्रिय वाणिज्य बैंक, ई–सेवा, नाष्ट, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रेसिडेन्सियल बिजनेश स्कुल, निमा एकेडेमी, इमिनेन्स वेइज, डिस होम, टिडिओ नेपाल लगायतका संस्थाहरूले सहकार्य गरेका छन् । प्रविधि पत्रकार मञ्च कार्यक्रमको एकनलेज पार्टनरको रूपमा समेत रहेको छ ।

ह्वावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट ५ को घोषणा भएको छ । डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०२० को विजेता फाइनल कार्यक्रममै घोषणा हुने आयोजकले बताएको छ ।

के के पाउँछन् अवार्ड विजेताले ?

आइसिटी अवार्ड २०२० का विजेताहरूले विशेष सम्मान, सिल्ड बाहेक पनि अन्य धेरै कुराहरू प्राप्त गर्नेछन् ।  यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइीसटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्ड अन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर मिल्नेछ । बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बंैकले १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछन् । इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेल मार्फत विशेष आर्थिक रकम (३ लाख) पुरस्कारको रूपमा प्राप्त गर्नेछन् ।

इन एशोसिएशनमा रहेको नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि उच्च गतिको फाइबर टु होम सेवा प्रदान गर्नेछ । जिनियस सोलुसनले विजेताहरुलाई ५ हजार डलर बराबरको अमेजन वेब होस्टिङ सेवा प्रदान गर्नेछ। सर्वोत्कृष्टलाई ई–सेवाले आफ्नो बिजनेश इन्टिग्रेसन र प्रवद्र्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिनेछ । यससँगै विजेताले अन्य सेवा र सुविधाहरू पनि प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here