गुगल ट्रान्सलेटमा थपिए १३ वटा नयाँ भाषा

Share It On:

काठमाडौं,फागुन । 

गुगलले आफ्नो अनुवाद टुल्स गुगल ट्रान्सलेटमा थप १३ वटा विश्वभाषाहरु थप गरेको छ । यो सँगै गुगल ट्रान्सलेटबाट अब एक सयवटा विभिन्न भाषालाई एक अर्कामा अनुवाद गर्न सकिनेछ । गुगलले  थप गरेका भाषाहरुमा सिन्धी, हवाइ, अम्हारिक, कार्सिकन, प|mाइसियन, क्रिग्ज, कुर्दिश, लग्जम्बर्गिस, स्कट गेलिक्स, शोना, पाश्तो तथा खोसा लगायतका छन् ।

सन् २००६ मा रुसी, चिनिया तथा अरबी भाषाको अनुवादसँग लन्च भएको गुगल ट्रान्सेलटका प्रयोगकर्ता अहिले विश्वमा प्रत्येक महिना ५० करोड पुगिसकेका छन् र यसमा हरेक सेकेण्डमा एउटा शव्द अनुवाद भैरहेको छ । गुगलले यसलाई क्रोम, सर्च इन्जिन, जिमेल तथा यु ट्युबजस्ता आफ्ना अन्य सेवामा पनि आबद्ध गराइसकेको छ ।

गुगल ट्रान्सलेटका सिनियर प्रोग्राम म्यानेजर स्वेता केलम्यान भन्छिन् : विश्वमा मानिसहरुको संचार, सिकाइ, बसाइ तथा काम गराइको तरिकालाई इन्टरनेटले बदलिरहेको छ । तर वेब तबमात्र उपयोगी हुन्छ जब यसले तपाइँको भाषा बुझ्दछ । अनलाइन धेै भाषामा आएबाट मानिसहरुका लागि वेबको उपयोग पनि सहज हुनेछ ।


Share It On:

Recent Posts