गोगोरो स्कुटर अब झनै मूल्यवान: नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

Gogoro Scooters Buyback Nepal
Share It On:

२१ साउन, काठमाडौं।

नेपालमा विद्युतीय दुईपांग्रे सवारीका लागि पहिलो पटक बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु भएको छ। गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युला एनर्जीले यो ऐतिहासिक कार्यक्रमको घोषणा गरेको हो। यस कार्यक्रमले ग्राहकहरूमा थप भरोसा जगाउनुका साथै नेपाली बजारमा गोगोरोको दीर्घकालीन प्रतिबद्धतालाई पनि उजागर गरेको छ।

२०८२ साउन १९ गतेदेखि औपचारिक रूपमा लागू भएको यो कार्यक्रममार्फत, गोगोरो नेपालमा निश्चित रेसिड्युअल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ। यसअन्तर्गत, गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर किन्ने ग्राहकहरूलाई ५ वर्ष वा ४०,००० किलोमिटर (जुन पहिले पुग्छ) अवधिभित्र रु १ लाखको बाइब्याक भ्यालु ग्यारेन्टी गर्नेछ।

विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्य चिन्तामध्ये ब्याट्रीको आयु र त्यसले सवारीको रेसिड्युअल भ्यालु घटाउने समस्या हो। तर, गोगोरोले आफ्नो अद्वितीय ब्याट्री स्वापिङ प्रविधिबाट यसको समाधान गरेको छ। परम्परागत ईभीहरूमा ब्याट्री सवारीधनीकै स्वामित्वमा हुन्छ भने गोगोरोमा ग्राहकले ब्याट्री किन्दैनन्, बरु गोगोरोद्वारा सञ्चालित ब्याट्री स्वाप स्टेसनमा प्रयोग भएको ब्याट्री दिएर पूर्ण चार्ज भएको ब्याट्री लिन्छन्। यही कारणले गोगोरो बाइब्याक ग्यारेन्टी दिन सक्ने अवस्थामा पुगेको छ, जसले नेपालको विद्युतीय यातायात बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको छ।

नेब्युला एनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले भने, “गोगोरो नेपालको यातायातको भविष्य हो। सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ। हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेका थियौं। आज हामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौं।”

NAIMA मा विशेष अफरहरू

बाइब्याक ग्यारेन्टीसँगै, गोगोरोले NAIMA अटो शोमा केही आकर्षक अफरहरू पनि ल्याएको छ:

  • दशैं अफरको सुरुवात: NAIMA मा गोगोरोले दशैं विशेष स्किमको घोषणा गर्दैछ, जसमा ब्याट्री स्वाप प्रणालीमा आउन चाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू दिइनेछ।
  • ब्याट्री स्वाप लाइभ डेमो: आगन्तुकहरूले गोगोरोको छिटो, सजिलो र अत्याधुनिक ब्याट्री स्वाप प्रविधि प्रत्यक्ष रूपमा अवलोकन र अनुभव गर्न सक्नेछन्।
  • अप्टिमाइज गरिएको स्वाप स्टेसन प्रदर्शन: गोगोरोको काठमाडौंभरका ४५ वटा स्वाप स्टेसनहरूलाई अब अझ छिटो सेवा दिन र भरपर्दो बनाउन अप्टिमाइज गरिएको छ।
  • अपग्रेड गरिएको JeGO स्कुटर प्रदर्शन: हालसालै अपग्रेड गरिएको JeGO स्कुटर पहिलो पटक सार्वजनिक रुपमा प्रदर्शन हुँदैछ, जसलाई अवलोकन गर्ने अवसर पाउनुहुनेछ।

गोगोरोले पूर्वाधारमा गरेको लगानी, ग्राहककेन्द्रित प्रविधि, ब्याट्रीमा लाइफटाइम ग्यारेन्टीलङ-टर्म भ्यालु एश्युरेन्स सहितको बलियो संयोजनमार्फत् नेपालमा विद्युतीय यातायातको क्षेत्रमा नयाँ बेन्चमार्क बनाइरहेको छ।

For More:-Gogoro Scooters Buyback Nepal 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *