२२ पौष ,काठमाडौं ।
ग्लोबल मनी ट्रान्सफर प्रवर्द्धन र सूचना प्रविधिमा सम्भावनाहरू उजागर गर्ने उद्देश्यले नेपाल डिपोजिट एण्ड बेनिफिट लिंक फोरम (एनडीबीएल) ले २०८१ साल माघ १७ गतेदेखि २० गतेसम्म काठमाडौंको अरन्या बुटिक होटल, हात्तिसार रोड मा आयोजना गरेको “International Day of Family Remittance” विषयक अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रममा एनडीबीएलका प्रमुख उपाध्यक्ष राजेन्द्र कार्की र संस्थाका ६०८ जना प्रतिनिधिहरूको उपस्थितिमा पारिवारिक रेमिट्यान्स सम्बन्धी नीति, चुनौती, र समाधानका उपायहरूबारे गहन छलफल भएको थियो। कार्यक्रममा नेपाल/विदेशमा रहेका विभिन्न आर्थिक संस्थाहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, र गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्यहरूको पनि उल्लेखनीय उपस्थिति थियो।
छलफलका मुख्य बुँदाहरू:
१. नेपालको पारिवारिक रेमिट्यान्समा अन्तर्राष्ट्रिय प्रभाव
२. साना व्यवसायहरूसँग रेमिट्यान्सको सम्बन्ध
३. रेमिट्यान्स प्रणालीमा सहकारीहरूको भूमिका
४. गैरकानूनी ट्रान्सफर प्रणाली र त्यसको नकारात्मक प्रभाव
५. रेमिट्यान्स व्यवस्थापनमा प्रविधिको प्रयोग र सम्भावना
कार्यक्रममा एनडीबीएलका उपाध्यक्ष राजेन्द्र कार्की ले रेमिट्यान्सले नेपालको आर्थिक प्रगतिमा पु¥याएको योगदान र यसलाई थप व्यवस्थित गर्न आवश्यक नीतिगत सुधारहरूको चर्चा गर्नुभयो। उहाँले विशेषगरी गैरकानूनी तरिकाले गरिने लेनदेन रोक्न कडा नियम र डिजिटल माध्यमहरूको विस्तारमा जोड दिनुभयो।
कार्यक्रममा सहभागी विभिन्न संस्थाका प्रतिनिधिहरूले रेमिट्यान्सलाई साना व्यवसायहरूसँग जोडेर ग्रामीण क्षेत्रको आर्थिक सशक्तिकरण गर्ने योजनाहरू प्रस्तुत गरेका थिए। साथै, प्रविधिको प्रयोग गरी सहज र पारदर्शी डिजिटल मनी ट्रान्सफर प्रणाली निर्माण गर्ने प्रयासहरूलाई पनि प्रोत्साहन गरिएको थियो।
यो कार्यक्रमले रेमिट्यान्स व्यवस्थापनमा सहकार्य, प्रविधिको उपयोग, र पारिवारिक आर्थिक वृद्धिमा सहकार्य गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेको थियो। साथै, अन्तर्राष्ट्रिय मापदण्डअनुसार रेमिट्यान्स नीति सुधार गर्न सुझावसमेत दिइएको थियो।
यस अवसरमा, एनडीबीएलका प्रमुख उपाध्यक्षले रेमिट्यान्सको सही व्यवस्थापनले मात्र नेपालको आर्थिक सुधार सम्भव छ भन्ने धारणा व्यक्त गर्नुभएको थियो।
“International Day of Family Remittance” विषयक यो अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नेपालमा वैधानिक र व्यवस्थित रेमिट्यान्स प्रणाली विकास गर्ने अठोट व्यक्त गरे। यस प्रकारका कार्यक्रमले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिन्छ।
For more: Global Money Transfer Interaction Program Concludes in Nepal