ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुअल फण्ड: आजै आवेदन दिनुहोस्!

Global IME Samunnat Yojana
Share It On:

२२ असार, काठमाडौं ।

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२ आषाढ २२ गते आइतबारबाट संघ/संस्था तथा सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।

प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको बाह्र करोड इकाई मध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा अठार लाख इकाई तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैक लिमिटेडको लागि १३.५० प्रतिशत वा एक करोड बैसठ्ठी लाख इकाई बीऊ पूँजीको रुपमा रहनेछ ।

बाँकी न्यूनतम् १० करोड २० लाख इकाईको लागि विभिन्न संघ संस्था/सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।

यस योजनामा संघ/संस्था तथा सर्वसाधारणले न्यूनतम एक सय इकाई र अधिकतम् एक करोड बीस लाख इकाईको आवेदन दिनसक्नेछन् ।

मुख्य विशेषताहरु:

फण्डको नाम (Fund Name): ग्लोबल आइएमई म्युचुयल फण्ड (Global IME Mutual Fund)

कोषको आकार (Fund Size): प्रारम्भिक १.२० अर्ब रुपैयाँ (Initial NPR 1.20 billion), (अत्याधिक माग भएमा १.५० अर्ब रुपैयाँसम्म – up to NPR 1.50 billion if demand is high)

प्रति इकाई मुल्य (Price Per Unit): १० रुपैयाँ (NPR 10)

सर्वसाधारण निष्काशन गरिने इकाई (Units Issued to Public): १२ करोड इकाईहरु (120 million units)

न्यूनतम लगानी (Minimum Investment): १०० इकाई (100 units)

अधिकतम लगानी (Maximum Investment): योजनाको १० प्रतिशत अर्थात १.२० करोड इकाई (10% of the scheme, i.e., 12 million units)

योजनाको अवधि (Scheme Duration): इकाई बाँडफाँड मिति देखी १० वर्ष (10 years from the unit allocation date)

लाभांश नीति (Dividend Policy): प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पून लगानी (Distribution from profit received, remaining amount reinvested)

सूचीकरण (Listing): नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचीबद्ध (Listed on Nepal Stock Exchange – NEPSE)

प्रारम्भिक लगानी (Initial Investment): १५ प्रतिशत (फण्ड प्रायोजक र व्यवस्थापक – 15% (Fund Sponsor and Manager))

व्यवस्थापन शुल्क (Management Fee): नेट सम्पत्ति मुल्यको १.५० प्रतिशत (1.50% of Net Asset Value)

डिपोजिटरी शुल्क (Depository Fee): नेट सम्पत्ति मुल्यको ०.२० प्रतिशत (0.20% of Net Asset Value)

लगानी मिश्रण (Investment Mix)

इक्विटी र इक्विटी सम्बन्धी साधनहरू (Equity and Equity-Related Instruments): ७०–९० प्रतिशत (उच्च जोखिम – 70-90% (High Risk))

ऋणपत्र: निश्चित आम्दानी साधनहरू (Debentures: Fixed Income Instruments): ०–१० प्रतिशत (मध्यम जोखिम – 0-10% (Medium Risk))

फिक्स डिपोजिट (Fixed Deposits): ०–१० प्रतिशत (न्यून जोखिम – 0-10% (Low Risk))

नगद/आईपीओ/अन्य म्युचुअल फन्ड (Cash/IPO/Other Mutual Funds): ०–१० प्रतिशत (न्यून जोखिम – 0-10% (Low Risk))

लगानी गर्नुपर्ने कारणहरू (Reasons to Invest)

व्यवसायिक व्यवस्थापन (Professional Management)

विविधीकरण (Diversification)

सहजता र पहुँच (Ease and Accessibility)

सस्तो लगानी (Affordable Investment)

पारदर्शिता (Transparency)

कर छुट (Tax Exemption)

लगानीकर्ता संरक्षण (Investor Protection)

प्रक्षेपण अनुसार लगानी प्रतिफल (१० वर्ष)

क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन । यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरिएको छ ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हालसम्म २ योजनाहरु सञ्चालन भइसकेका छन । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुर्नखरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।

यस योजनाको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यो क्यापिटल नेपालकै पहिलो विशुद्ध मर्चेन्ट बैंकर हो जुन सन २००८ मा स्थापना भएको थियो । यो क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको लाइसेन्स प्राप्त मर्चेन्ट बैंक रहेको छ जसमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत स्वामित्व रहेको छ ।

यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ (३) रेटिङ्ग प्रदान गरेको छ ।

For more: Global IME Samunnat Yojana-2


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *