गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न सरकारको स्वीकृति
२४ असार, काठमाडौं।
सुदूरपश्चिमको कैलालीस्थित गेटा अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न अन्ततः सरकारले स्वीकृति प्रदान गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले गेटा अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
For More: Geta Teaching Hospital Kailali Approved


