जुम र सलुशनको सहयोगमा इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सम्पन्न

Genese Solution Zoom Sponsor Ict Award
Share It On:

१२ पौष ,काठमाडौं ।

एउटा प्रमुख ग्लोबल कम्पनी, जुम. तथा बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सेक्युरिटी सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशनको समेत सहकार्यमा काठमाडौँमा इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सम्पन्न भएको छ।

Genese Solution Zoom Sponsor Ict Award

लिभिङ विथ आइसिटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनेस एण्ड जुम’ सम्पन्न भएको छ । विभिन्न १५ विधामा अवार्ड र सातै प्रदेशका उत्कृस्ट स्टार्टअपलाइ ‘रिकग्निसन  प्रदान गरिएको थियो ।

गत डिसेम्बर २०, २०२४ मा  ह्यात रिजेन्सी काठमाडौँमा आयोजनामा एक  भब्य समारोहबीच आइसिटी अवार्ड वितरण भएको थियो । अवार्डमा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सूचना प्रविधिको विकासमा सरकारले जति गर्नुपर्ने हो, त्यति काम गर्न नसकेको स्वीकार गरे।  उनले  पूर्वाधार विकास र नीतिगत सुधार राज्यले गर्ने तथा निजी क्षेत्रले व्यवसाय गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताए।

मन्त्री गुरुङ साथै कर्णाली प्रदेशका मुख्यमन्त्री, योजना आयोगका उपध्यक्ष प्रा.डा शिबराज अधिकारी लगायतले बिजेतालाइ अवार्ड प्रदान गरेका थिए । यस वर्षको पायोनियर आइसिटी अवार्ड काठमाडौँ विश्वविद्यालयका संस्थापक प्रा.डा. सुरेश राज शर्माले प्राप्त गरे ।

एनसेल वुमन आइकन नेपाल बैंकका डिजिटल बैंकिंङ र कार्ड बिभाग प्रमुख बन्दना शर्मा, प्रोफेसनल एक्सिलेन्स आइसिलेन्स आइसिटी अवार्ड नामीका सस्थापक डा. बिशेष खनाल, आन्ट्रप्रनर्स आइसिटी अवार्ड फुडमान्डुका सस्थापक मनोहर अधिकारी र नेपाली डायस्पोरा आइसिटी अवार्ड न्युरल कम्पनिका सह-सस्थापक नामी बरालले प्राप्त गरे ।

यस वर्षको इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड क्रिम्सन टेक कम्पनिले जित्न सफल भयो भने द एसिया फाउन्डेसन सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२४ जियोकृषिले प्राप्त गरेको छ । यस वर्षको प्रडक्ट आइसिटी अवार्ड एपीआइ म्यानेजमेन्ट सिस्टमले प्राप्त गर्यो भने राईजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड स्पिकअपले जित्न सफल भएको छ ।

त्यसैगरी सबैभन्दा बढी भोट प्राप्त गरेर हाम्रोपे पब्लिक च्याइस आइसिटी अवार्ड ज्याप सर्भिसेसले प्रात गर्यो । सातै देशहरुका स्टार्टअपहरु लक्षित गरेर आयोजना गरिएको साउथ एसिया  स्टार्टअप आइसिटी अवार्ड २०२४ भारतको हाइफन एससिएसले जितेको छ।   अवार्डमा उत्कृस्ट ५ मा पर्न सफल अन्य देशका स्टार्टअपलाइ पनि सम्मान गरिएको थियो  ।

यसैगरी संस्थागत अवार्ड विधाहरुमा यस वर्षको डिजिटल गभर्नेन्स अवार्ड सर्बोच्च अदालतले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस अवार्ड आइएमइ पे ले जित्न सफल भएको छ । डिजिटल एजुकेसन आइसिटी अवार्ड पब्लिक र प्राइवेट सेक्टरमा क्रमश: सुकुना माबि मोरङ र एलआरआइ कलंकीले प्राप्त गरेका छन् ।

यस बाहेक सातै प्रदेशका सात सर्वोत्कृष्ट स्टार्टअपलाई समेत प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४ बाट सम्मान गरिएको थियो  ।

यस वर्ष कोशी प्रदेशबाट डेल्टा टेक प्रालि, मधेश प्रदेशबाट तेजस टेक प्रालि, बागमती प्रदेशबाट अभियान्त्रिक कर्मशाला प्रालि, गण्डकी प्रदेशबाट आकाश डिजिटल प्रालि, लुम्बिनी प्रदेशबाट निन्जा इन्फोसिस प्रालि, कर्णाली प्रदेशबाट बिजनेश अनलाइन सर्भिस प्रालि र सुदूरपश्चिम प्रदेशबाट फार वेस्ट इन्फोटेक एण्ड रिसर्च सेन्टर प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२४ बाट सम्मानित भएका छन् । चर्चित  गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सांगीतिक प्रस्तुतिले अवार्डलाई थप विशेष बनाएको थियो ।

समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल,  प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अध्यक्ष अम्बर बहादुर थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी लगायतले आफ्नो मन्तव्य दिए।

लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ । आइसिटी अवार्ड अन्तर्राष्ट्रिय अवार्डहरू डब्लुएसए अवार्ड,  अरोरा टेक अवार्ड लगायतको आधिकारिक साझेदार समेत हो ।

आइसिटी अवार्ड २०२४ मा विभिन्न १४ विधामा ८०० बढीको अनलाइन नोमिनेश प्राप्त भएको थियो । १४ जना स्वदेशी र ३ जना अन्तर्राष्ट्रिय विज्ञ जुरीहरूले २५ वटा बढी मिटिङहरु सञ्चालन गदै छनौट प्रकृयालाई सम्पन्न गरेका थिए ।

For More:-Genese Solution Zoom Sponsor Ict Award


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *