Hult Prize IOE को दोश्रो अभिमुखीकरण कार्यक्रम सफल

Hult Prize IOE Orientation

२१ पुस २०७८, काठमाडौं ।

क्याम्पस अन्तर्गत “हल्ट प्राइज  आइ. ओ .इ” को दोश्रो अभिमुखीकरण कार्यक्रम थापाथली क्याम्पसमा सफल सम्पन्न भएको छ । मिति २०७८ पुष १८ गते थापाथली क्याम्पस परिसरमा “अमेसियन” को सहयोगी हात संगै आयोजन हुन पुग्यो ।

प्राथमिक रुपमा हल्टमा थापाथली क्याम्पसबाट प्रतिनित्व हुनुभएका आयुष वाग्लेको स्वागत मन्तब्य संगै कार्यक्रम को सुरु भएको थियो । प्रथम अभिमुखीकरण कार्यक्रममा समाबेश भैसक्नुभएका वाग्लेले हल्टको विसयवस्तुमा केही भनाइहरु राख्दै सबैमाझ प्रतियोगी भावना बिकाश हुनुपर्ने बेहोरा जनाउनुभयो ।

 हल्ट प्राइजमा थप प्रकाश पार्दै क्याम्पस प्रबन्धक र निर्देशकले ले कार्यक्रमका विभिन्न चरण ,योग्यता र प्रक्रियाहरु बारे जानकारी दिनुभयो ।लगतै हल्टले आयोजना गर्ने उद्यमशील वार्ता,कार्यशाला, तालिमहरुबारे विवरण दिदै आगामी भागहरुमा समावेश हुने सल्लाह दिनुभयो ।

क्यम्पस अन्तर्गत ” इ .स .अ . हल्ट प्राइज विश्वव्यापी टप-२० मान्यता पाप्त कार्यक्रम भएको चिनारी देखाउदै यसपालीको प्रतिस्पर्धामा हाम्रै टोलिहरुबाट क्षेत्रीय देखि अन्तिम सम्म पुर्याउने लक्ष्य रहेको हिम्मत प्रकट गर्नुभयो ।

 वस्तुत बिद्यार्थीहरुको बिशाल सहभागिता कार्यक्रममा सराहनीय थियो । यस प्रतिष्पर्धाप्रति सबैको उत्साह र जिज्ञासाले कार्यक्रम अझ अन्तरक्रियात्मक हुन पुग्यो । हल्ट का पूर्ववर्ती परियोजना , प्रमाणपत्र, नमुनाहरुको समानता ,प्रक्रिया आदि बारे थुप्रै जिज्ञासाहरु बिद्यार्थीहरुबाट प्रस्तुत भए । सोहि प्रश्नहरुको स्पस्ट प्रतिक्रिया दिदै प्रबन्धकले सबै विसयवस्तुको व्यख्या गर्नुभयो।

यसरी नै सार्थक रोजगारी,सल्लाह,  राष्ट्रमा पार्न सकिने प्रभाब ,नबिन विचार आदि बारेमा विस्तार गर्दै कार्यक्रमको सफल समापन भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here