नेपालमै पहिलो पटक साइबर सेक्युरिटी हेल्प डेस्क सम्पन्न

Cyber Security Help Desk Conducted At Nepalgunj Sub Metropolitan City

काठमाडौं, चैत १
नेपालमै पहिलो पटक सिएसआरआई नेपाल (सेन्ट्रल फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेसन), एनपी सर्ट (इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल) र वान कभर प्राइभेट लिमिटेडको संयुक्त पहलमा साइबर सेक्युरिटी हेल्प डेस्क सुरुवात भएको छ । क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२० नेपालगञ्जबाट यसको सुरुवात गरिएको हो । सूचना प्रविधिले आश्चर्यजनक रुपमा छलाङ मारिरहेको अवस्थामा हरेक सेवा अनलाइन र प्रविधिमा आधारित प्रवाह भइरहेका छन् । योसँगै विभिन्न जोखिमहरु पनि आइरहेका छन । विशेषगरी साइबर अपराधीहरुले संवेदशील डाटाका साथै ठूलो परिमाणमा आर्थिक नोक्सान गरिरहेका छन् । नेपाल पनि साइबर सुरक्षाका दृष्टिले उच्च जोखिममा रहेको छ ।

CyberSecurity Help Desk by npCert and CSRI Nepal

Getting into Cybersecurity Nepal
गत मार्च ३ देखि ७ मार्च २०२० सम्म नेपालगञ्जमा भएको क्यान इन्फोटेकमा हजारौं मानिसहरुलाई साइबर सुरक्षा सम्बन्धी विभिन्न जानकारी प्रदान गरिएको थियो । यसअन्तर्गत नेपालमा साइबर सुरक्षाका मुद्धाहरु, साइबर सुरक्षाको अवस्था, साइबर कानून, साइबर घटनाको रेस्पोन्स र म्यानेजमेन्ट, डाटा चोरी र रोकथामका अवधारणा, ई डिसकोभरी र डिजिटल फरेन्सिक अवधारणा लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here