निःशुल्क एस एम एस सुविधा सहितको एप सार्वजनिक

काठमाडौं ।

आफ्ना ग्राहकलाई उच्च सेवाको अनुभव प्रदान गर्ने अभिप्रायका साथ देशकै प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल एप ‘एनसेल एप’  को नयाँ संस्करण सार्वजनिक गरको छ, जसबाट ग्राहकले आफनै हातबाट विभिन्न सेवा लिन तथा प्रभावकारी सेवा व्यवस्थापन गर्न सक्नेछन् ।

थप आकर्षक डिजाइन सहित आएको नयाँ संस्करणको एनसेल एपले ग्राहकलाई अन्य एनसेल नम्बरमा प्रत्येक दिन १० वटा एसएमएस निःशुल्क पठाउन सक्ने लगायतका थप सुविधा प्रदान गरेको छ । एनसेलको नयाँ संस्करणमा ग्राहकले अब एनसेल एपबाटै आफ्नो सबैभन्दा नजिकको एनसेल सेन्टर, सप तथा र आधिकारीक  बिक्रेता खोज्न, आफ्नो कल विवरणहरु हेर्ने, पछिल्लो १० वटा कलमा लागेको शुल्कको विवरण लिन, पोष्टपेड बिल डाउनलोड गर्न, ट्यारिफ प्लान परिवर्तन गर्ने सुविधा लिन, सहयोग लिन र रोमिङ्ग शुल्क बारे जानकारी लिन सक्छन् साथसाथै डाटा र भ्वाइस प्याकहरु किन्ने कम्पनीका सेवा र योजनाहरुका बारेमा जानकारी, ब्यालेन्स चेक, ब्यालेन्स रिचार्ज, ब्यालेन्स ट्रान्सफर,  सुविधा एपमा रहने छन् ।

“आकर्षक डिजाइन भएको हाम्रो नयाँ संस्करणको मोबाईल एपमा ग्राहकलाई चाइने सबै कुराहरु होम स्क्रिनमा नै छ ।” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “दैनिक निःशुल्क १० वटा एसएमएस र एपबाटै आफ्नो समस्याको समाधानका लागि सहयोग लिन सकिने जस्ता विषेशताले गर्दा एपले ग्राहकलाई थप मूल्य प्रदान गर्ने विश्वास छ ।” एनसेलका ग्राहकहरुले एनसेल नेटवर्क भित्र  यो एप चलाउदा कुनै शुल्क लाग्ने छैन भने एपबाट बाहिरी लिङ्कहरुमा जाँदा र एनसेल स्टोर लोकेटर म्याप हेर्दा भने विद्यमान शुल्क लाग्ने छ ।

ग्राहकले एनसेलको link http://ncell.com.np/ncellapp मा क्लिक गरि नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नुका साथै एनसेल एप एन्ड्रोएड, आईओएस तथा विन्डोज प्लाटफर्ममा उपलब्ध छ । आफ्नो मोबाईल सेटमा रहेको एप्लिकेशन स्टोरमा गएर उक्त एप डाउनलोड वा अपडेट गरी आफ्नो सिमको आधारमा एपको नयाँ सुविधाहरुको फाइदा लिन सकिन्छ।