१ वैशाख २०७९, काठमाडौं।
नयाँ वर्ष २०८० को उपलक्ष्यमा ग्राहकले Nepal Pay Instant मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सक्ने भएका छन्। १ वैशाखदेखि ३१ वैशाखसम्म लागू हुने यस अफरमा Nepal Pay Instant मार्फत मोबाइल नम्बरको आधारमा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ तथा वालेटका प्रयोगकर्ताहरुलाई सजिलै फण्ड ट्रान्स्फर गर्न सकिनेछ ।
नयाँ वर्षमा नगदको सट्टा डिजिटल माध्यमबाट फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्न उक्त व्यवस्थाले थप सहयोग गर्ने अपेक्षा गरिएको छ ।
Nepal Pay Instant मार्फत फण्ड ट्रान्स्फर गर्न प्रयोगकर्ताले कनेक्ट आइपिएसको वेब अथवा मोबाईल एपमा लग इन गरी फण्ड ट्रान्स्फर भित्र Nepal Pay Instant मा क्लिक गरी नेटवर्क भित्र कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग वा वालेट मध्यको विकल्प छनोट गरी भुक्तानी प्राप्त गर्ने व्यक्तिको रजिष्टर मोबाइल नम्बर दाखिला गरी सजिलै फण्ड ट्रान्स्फर गर्न सक्दछन् ।
कनेक्ट आइपिएसका साथै Nepal Pay Instant को उक्त सेवा केहि मोबाइल बैंकिङ्ग र वालेटमा पनि उपलब्ध छ ।
NPS अन्तर्गत Interoperable फण्ड ट्रान्स्फरको लागि लागू गरिएको NepalPay Instant ले विभिन्न उपकरण तथा नेटवर्क बीच अन्तरआबद्धता कायम गर्न सम्भब भएको छ भने सम्पूर्ण कारोबर रिटेल पेमेन्ट स्विच मार्फत प्रोसेस हुने व्यवस्था सहित सञ्चालनमा रहेको छ ।