पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिक अस्पतालबाट डिस्चार्ज, पूर्वराजपरिवारका सदस्यहरू स्वागतका लागि पुगे
११ भदौ, काठमाडौं।
पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी शाह स्वास्थ्य सुधारपछि नर्भिक अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्यहरू स्वागतमा पुगेका थिए।
पूर्वबडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारपछि बुधबार डिस्चार्ज हुनुभएको छ।
स्वास्थ्यमा समस्या आएपछि उहाँ गत आइतबार उपचारका लागि नर्भिक अस्पताल भर्ना हुनुभएको थियो। अस्पतालका वरिष्ठ चिकित्सक तथा नर्सहरूको टोलीले उहाँको विशेष उपचार र स्वास्थ्य निगरानी गरेको थियो।
स्वास्थ्य अवस्था सामान्य र सुधारोन्मुख भएपछि अस्पतालले उहाँलाई बुधबार डिस्चार्ज गरेको जनाएको छ।
पूर्वबडामहारानी शाहलाई गृहप्रवेश गराउन पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह, पूर्वयुवराज पारस शाह तथा पूर्वयुवराज्ञी हिमानी शाह आफैँ अस्पताल पुग्नुभएको थियो।
डिस्चार्ज हुनुअघि पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वराजकुमारी सिताश्मा शाहले नर्भिक अस्पतालको भिजिटर बुकमा आफ्ना शुभकामना सन्देश लेख्दै उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, नर्स तथा अस्पताल परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
For more: Former Queen Mother Discharged

