दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
१५ साउन, काठमाडौं।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
दूरसञ्चारसम्बन्धी कसुरको अनुसन्धानका क्रममा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका लागि पक्राउ गरेको हो ।
प्रहरीले उनलाई आज अदालत उपस्थित गराई अनुसन्धानका लागि म्याद थपको प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।
For More: Former NTA Chairman Bhandari Arrested

