फूडमाण्डुको नयाँ वर्ष २०२४ लक्षित ‘ न्यू इयर फिस्ट’
१४ पुष, काठमाडौं ।
नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै न्यू इयर फिस्ट अफर लिएर आएको छ। यस अफर अन्तर्गत काठमाडौँका ४० वटाभन्दा बढी रेस्टुरेन्टहरूको पुरै मेनुमा ३०% सम्म आकर्षक डिस्काउन्ट प्रदान गरिने कम्पनिले जनाएको छ।
यसका साथ साथै ग्राहकहरुले हरेक दिन फरक फरक डिस्काउन्ट भौचर कोड पनि प्राप्त गर्न सक्नेछन्। उक्त भौचर कोड फूडमान्डुको एप र फूडमान्डुको फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ।
Advertisement
यसबारे बोल्दै फूडमान्डुका ब्रान्ड एंड मार्केटिङ मेनेजर सुश्री इनेशा भट्टराई ज्युले भन्नु भयो , “हाम्रा ग्राहकहरुलाई ध्यानमा राख्दै अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आकर्षक अफरहरु ल्याएका छौ ।
हामीलाई आशा छ हाम्रा ग्राहकहरुले यस अफरको भरपुर फाइदा लिनुहुनेछ र आफ्नो नयाँ वर्ष विशेष रुपले मनाउनु हुनेछ। ”
माघ १७ गतेसम्म लागु हुने यस अफरबाट लाभ लिनको लागि फूडमान्डुुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्न सकिनेछ ।

