फुडमाण्डु स्थापनाको ११ वर्ष पुरा
२५ कात्तिक २०७८, काठमाडौं ।
नेपालको पहिलो अनलाईन फुड डेलिभरी कम्पनी फुडमाण्डुले संचालनको ११ वर्ष पुरा गरेको छ ।
सन् २०१० को नोभेम्वर ११ देखि संचालनमा आएको कम्पनीमा काठमाण्डौं उपत्यका एवं पोखराका सयौं रेष्टुरेण्टहरु आवद्ध छन् ।
आवद्ध रेष्टुरेण्टहरुका परिकारहरु कम्पनीको वेवसाईट तथा मोवाईल एप मार्फत अर्डर गर्न सकिन्छ । साथै कम्पनीले ग्रोसरी डेलिभरी सेवा पनि संचालन गर्दै आएको छ ।
”संचालनको यो एक दशक भन्दा बढिको समय हाम्रो लागी निकै महत्वपूर्ण रहयो र यो अवधिमा हामीले निकै उतार चढावको अनुभव हासिल गर्यौं ।”
Advertisement
कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारी भन्नुहुन्छ । ग्राहकहरुको रुची र माग अनुसार हामीले हाम्रा सेवाहरुलाई थप परिस्कृत गर्दै देशका थप अरु प्रमुख शहरहरमा सेवा विस्तारको योजना भएको कुरा अधिकारीले बताउनुभयो ।
”वार्षिक उत्सवको अवसरमा कम्पनीले आर्कषक छुटहरुको व्यवस्था मिलाएको छ ।
११ दिन सम्म हरेक दिन रु. १,१११ को आकर्षक कम्बो डिल तथा केहि आवद्ध रेष्टुरेण्टहरुसँगको सकहार्यमा विलकुलै नौलो परिकारहरु पनि आफ्ना ग्राहकसामु पस्कदैछौं”, कम्पनीका ब्राण्ड, मार्केटिङ तथा बजार व्यवस्थापक प्रमुख श्याम रत्न माली भन्नुहुन्छ ।
हाम्रो पात्रो सँग पनि सहकार्य हुने ।
आप्mनो बजार विस्तार गर्ने रणनिती अनुसार देशको सबैभन्दा बढी डाउनलोड भएको र रुचाईएको एप हाम्रो पात्रो सँग सहकार्य गरी उक्त एप मार्फत पनि सिधै फुडमाण्डुबाट खाना अर्डर गर्न मिल्ने व्यवस्था मिलाउन लागेको कुरा कम्पनीले जनाएको छ ।
११ औं वार्षिकोत्सवको अवसरमा हाम्रा सेवाग्राहीहरु तथा हामीसँग आबद्ध हुनुभएका होटल, रेष्टुरेन्ट लगायत अन्य सबैलाई विशेष धन्यवाद दिन चाहन्छौं, अधिकारी भन्नुहुन्छ ।

