नेपालकाे पहिलाे विद्युतीय यात्री माेटरसाइकलकाे बुकिंग खल्ती वालेटबाटै गर्न सकिने

Motorcycles Yatri

१६ वैशाख, २०७८

नेपालकाे पहिलाे विद्युतीय बाइक यात्री माेटरसाइकलकाे बुकिंग खल्ती डिजिटल वालेटबाट सकिने भएकाे छ । यात्री माेटरसाइकलले पहिलाे चरणमा १ हजार बाइककाे बुकिंग लिने छ । कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर बाइककाे बुकिंग गर्न सकिने व्यवस्था मिलाएकाे छ ।

यात्री माेटरसाइकलले खल्तीबाट मात्रै बुकिंगकाे भुक्तानी लिने छ । कम्पनीले नगद भुक्तानी लिने छैन । माेटरसाइकलकाे बुकिंग अप्रिल २३ (शुक्रबार) देखि गर्न सकिने छ । यात्री माेटरसाइकल सहरी क्षेत्रका कामकाजीहरूलाइ लक्षित गरेर निर्माण गरिएकाे विद्युतीय सवारी हाे ।

कम्पनीले सुरुवाती समयमा पी जेरो र पी वान गरी दुई वटा मोडेल बजारमा ल्याएको छ । कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ । यस्तै पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ । कम्पनीले अहिले अर्डर गरेकाे माेटरबाइक ४ महिनामा उपलब्ध गराइने जनाएको छ ।

यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने कम्पनीकाे दाबी छ । यसको तौल १९५ केजी छ । त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।

खल्तीका सहायक प्रबन्धक जाेनाम भूर्तेल नेपालकाे पहिलाे विद्युतीय माेटरवाइककाे प्रिबुकिंग प्लेटफर्म खल्तीलाइ बनाउन पाउँदा आफूहरू उत्साहित भएकाे बताउँछन् । ‘नेपाली विद्युतीय माेटरबाइककाे लामाे प्रतिक्षा गरिरहेका ग्राहकले अब खल्ती माेवाइल एपबाटै त्यसकाे बुकिंग गर्न सक्ने भएका छन्,’ उनले भने, ‘यसरी प्रिबुकिंग गर्न पाउने सुविधा खल्ती वालेटमा मात्रै उपलब्ध छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here