अफिसमा फेसबुक प्रतिबन्धित छ भने चिन्ता नलिनुस्, जुकरवर्गले ल्याए नयाँ बेबसाइट
काठमाडौं ।
प्रायजसोअफिसहरुमा आजभोलि फेसबुक प्रतिबन्धित हुन्छ । आजकल साना ठूला अधिकांश कार्यालयहरुले फेसबुक नचल्ने बनाएका हुन्छन् किनकि, आफ्नो कर्मचारीको कार्यक्षमता घटेको भनेर।
आजकल यति ठूलो सोसाइटी भइसक्यो कि फेसबुक, केही घण्टा फेसबुकबाट टाढा रहनुभयो भने तपाइँले आफ्नो सर्कलको केही न केही कुरा छुटाइरहनुभएको हुन्छ । केवल स्टाटस लेख्न र तस्वीर हेर्न मात्र फेसबुक प्रयोग नभई फेसबुकमा आनन्दको मुख्य स्रोत साथीभाइसँगको च्याट सम्बाद हो।
तपाइँ फेसबुकमा रमाउनुहुन्थ्यो र फेसबुक प्रतिबन्धित भएकै कारण चिन्तामा हुनुहुन्छ भने चिन्ता नलिनुस्, मार्क जुकरवर्ग फेसबुक मालिकले नयाँ वेबसाइट ल्याइदिएका छन् ।मार्क जुकरवर्गले केही महिना पहिले नै सार्वजनिक गरेको यो नयाँ साइटको नाम हो- म्यासेन्जर डट्कम, जुन धेरैलाई अहिलेसम्म थाहा छैन् ।
म्यासेन्जर एप करोडौं प्रयोगकर्ताले डाउनलोड गरे पनि म्यासेन्जर वेबसाइटका बिषयमा भने निकै कमलाई थाहा होला ।यदि तपाइँले फेसबुकको सट्टा म्यासेन्जर डटकम खोल्नुभयो भने तपाइँले एउटा क्लिन डिजाइनको वेबसाइट देख्नुहुनेछ त्यसमा तपाइँले म्यासेन्जर एपमा जस्तै च्याट गर्न सक्नुहुन्छ ।
यो म्यासेन्जर एपकै वेब भर्सन हो जुन फेसबुकको विकल्पका रुपमा प्रयोग गर्न सक्नुहुन्छ । धेरै अफिसमा यही डोमेनमार्फत् आनन्दले फेसबुकमा आफ्ना साथीसँग च्याट गर्न सकिन्छ । फेसबुक म्यासेन्जर केवल म्यासेजिङ एपमात्र हैन, त्यसबाटै भ्वाइस कल गर्न, ग्रुप म्यासेज गर्न र भिडियो च्याट गर्न पनि मिल्छ । यी सबै सुविधा प्रयोग गर्न म्यासेन्जर वेबसाइटबाट पनि सकिन्छ।
-बिजनेस इनसाइडरको सहयोगमा

 
                                                                    
 
                                                                     
                                                                    