Facebookलाई कानुनी कारवाही

Share It On:

फेसबुकको फेसप्रिन्ट फिचरका कारण कम्पनीले कानुनी कारवाहीको सामना गर्नु परेको छ।यो सुविधा कानुनी रुपमा उचित नभएका कारण कम्पनीले कारवाहीको सामना गर्नुपरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्। फेसबुकमा भएको अटाेमेटीक फोटो ट्याग सुविधा साथै कम्पनीले प्रयोगकर्ताको फोटोबाट बायोमेट्रिक डाटा गैरकानुनी रुपमा स्टोर गरेका कारण कम्पनीले समस्या भोग्नु परेको हो ।

उक्त कम्पनीले यो मुद्दालाई खारेज गर्न अपिल गरेका छन् भने क्यालिफोर्नियाका फेडरल जजले यो अपिल नै खारेज गरेका छन्। फेसबुक प्रयोगकर्तालाई फोटो ट्याग गर्न सहज गराउनको लागि फेसबुकले फोटो ट्याग गर्न फेसप्रिन्टको साहयता लिएको हुन्छ ।यसको बारेमा कम्पनीको डाटा पोलिसीमा उल्लेख गरिएको फेसबुक कम्पनीले जनाएको छ।


Share It On: