ओपोद्वारा बैशाख ९ गते एफ११ प्रो सार्वजनिक गर्ने घोषणा

बैशाख ५, २०७६, काठमाडौं, नेपाल ।

ओपोले नेपालमा बैशाख ९ गते एफ११ प्रो सार्वजनिक गर्ने घोषणा गरेको छ । एफसिरिज अन्तर्गत सार्वजनिक हुने नयाँएफ११ प्रोमाभोक ३.० सुपर फास्ट चार्जिङका साथदूई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहित सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ । एफनाइनअन्तर्गतका उत्कृष्ट फिचर्स तथा डिजाइनका साथै फोनमा विभिन्न नवप्रबर्तनात्मक प्रविधि तथा ४८एमपी अल्ट्रा क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन लगायतपनि उपलब्धहुने छन् ।यी विशेषता मार्फत कम्पनीले आफ्ना उपभोक्तालाई आरामदायी तथा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । एफ११ प्रो सार्वजनिकका लागिआयोजना हुने कार्यक्रममा नेपाली चलचित्र जगत्की उदयीमानअभिनेत्री स्वस्तिमा खड्काकोपनि उपस्थिती रहने कम्पनीले जानकारी दिइएको छ ।

४ हजार एमएएच ब्याट्री सहितको फोनमा कम्पनीद्वारा स्व–विकसितभोक ३.० फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गराएको छ । फोनको चार्जिङ तिब्र गतिमा होस् भन्ने चाहनाआजभोली सबैमा छ । एफ११ प्रोमा उपलब्ध भोक ३.०ले फोनको चार्जिङका लागि घण्टौँ कुर्नु पर्ने झञ्झटबाट उपभोक्तालाई छुटकारा दिनेछ । यो प्रविधिको सहायताले,मात्र केही क्षणको चार्जिङ बाटै केही घण्टाका लागि पर्याप्त टकटाइम प्राप्तगर्न सकिन्छ ।

भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्यान्ट–करेण्ट (भोक)लाई पहिलो पटक कम्पनीले सन् २०१८ मा सार्वजनिक गरेको थियो । यो चार्जिङ समाधानले तिब्र गतिको चार्जिङ मात्र नभइ उपभोक्ता लाई फोन तात्ने लगायत समस्या बाट समेत सुरक्षा प्रदान गरेको छ । ओपो एफ११ प्रोका साथमा सार्वजनिक हुने भोक ३.०ले बजारमा उपलब्ध समान ४ हजार एमएएच ब्याट्री क्षमता सहितका फोनको तुलनामा तिब्र चार्जिङ समाधान प्रदान गर्ने कम्पनीको दावी छ । ओापोको नयाँभोक ३.० चार्जिङ प्रविधिले ट्रिकल चार्जिङ गतिमा भोल्टेज न्यूनिकरण मार्फत सुधार प्रदान गर्दै चार्जिङको लागिलाग्ने समयमा २० प्रतिशत सम्मले न्यूनिकरण ल्याउँछ । यो फिचर विशेषगरी स्मार्टफोनको अत्यधिक प्रयोग गर्ने मोबाइल गेमर्सका लागि उपयोगी छ ।

अहिलेका लोकप्रिय गेमहरुकालागि तुलनात्मक रुपमा अधिक उर्जाको आवश्यकता पर्छ जसले गर्दा फोनको ब्याट्री खपत तिब्र गतिमा हुन्छ । कहिले काहीँ यसले गर्दा फोनको चार्जिङ भन्दा डिस्चार्जिङको गतितिब्र हुने गर्छ । जसले गर्दा फोन चार्ज गर्दै गेम खेल्ने सोचपनिब्यर्थ हुन सक्छ । यस्तो अवस्थामा भोक ३.० गेमर्सका लागिनिकै उपयोगी प्रमाणित हुन्छ । यसको सहायताले लामो समय सम्म गेम खेल्न सकिनुका साथै चार्ज गर्दै गेमको मज्जापनि लिन सकिन्छ ।

फोनको डिजाइनमा कम्पनीले ‘नेचुरल क्रिएसन’माआधारित डिजाइन सिद्धान्तको अवलम्बन गरेको छ । यसमाआधारित रहेर नयाँफोन, ठण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई आकर्षक ग्राडियण्ट रंगमाउपलब्ध गराउने ओपोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here