२५ कात्तिक, काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच Alipay+ नेटवर्क अन्तर्गत नेपालमा अन्तरदेशीय QR भुक्तानीलाई सहज बनाउन सहकार्य भएको छ। यस सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ्ग र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
Everest Bank Partners NCHL
यस सम्झौतासँगै, नेपालमा उपलब्ध NEPALPAY QR र यसको अन्तरप्रचलनीय QR लाई Alipay+ नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन्। यो सुविधाले चीन, हङकङ, सिंगापुर, मलेशिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र इटाली लगायतका विभिन्न देशबाट नेपाल घुम्न आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ।
Alipay+ एक नेटवर्क एग्रिगेटर हो जसमा ३० भन्दा बढी भुक्तानी प्रणाली समावेश छन् र यसले ३०० भन्दा बढी एक्वायरिङ्ग नेटवर्क र सेवा प्रदायकहरूसँग सहकार्य गरेको छ। यसले विश्वका ६६ वटा बजारमा करिब ९ करोड व्यापारीलाई सेवा प्रदान गर्दछ। Alipay+ नेटवर्कले Alipay China, OCBC, Changipay, Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney, Mpay, Tinaba लगायतका वालेटहरूलाई समर्थन गर्दछ जसले अन्तरदेशीय भुक्तानीमा सहजता प्रदान गर्छ।
एनसीएचएलले Alipay+ लाई आफ्नो अन्तर्राष्ट्रिय भुक्तानी साझेदारको रूपमा स्वीकार गर्दै आवश्यक नेटवर्क समन्वय मिलाएको छ जसअनुसार एभरेष्ट बैंकले एनसीएचएलसँग सहकार्य गरिरहेको छ। NEPALPAY QR नेपाल क्यूआर मापदण्डअनुसार राष्ट्रिय भुक्तानी स्विच अन्तर्गत सञ्चालनमा रहेको छ, जसले व्यापारी, नेटवर्क र जारीकर्ताहरूका बीचमा अन्तरप्रचलनीयता सुनिश्चित गर्छ। अहिले NEPALPAY QR नेटवर्कमा ८,५०,००० भन्दा बढी अन्तरप्रचलनीय QR छन्।
एभरेष्ट बैंक, १४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको एक अग्रणी वाणिज्य बैंक हो जसले ३९,१६७ सेवा केन्द्रहरू मार्फत ग्राहकहरूलाई सेवा दिइरहेको छ, जसमा १०,०९८ घरेलु शाखाहरू, २ अन्तर्राष्ट्रिय शाखाहरू, १३,३५० एटिएमहरू र १५,७१९ व्यवसायिक प्रतिनिधिहरू समावेश छन्। एभरेष्ट बैंकले NEPALPAY QR अन्तर्गत २३,००० भन्दा बढी व्यापारीलाई दर्ता गराएको छ।
For more: Everest Bank Partners NCHL