एभरेष्ट बैंक र मेदान्त अस्पतालबीच स्वास्थ्य सेवामा १५ प्रतिशत छुट सम्झौता
१६ असोज, काठमाडौं।
एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य जाँच/परीक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले भारतको नयाँ दिल्ली स्थित रहेको प्रतिष्ठित मेदान्त अस्पताल (द मेडिसिटी) संग सम्झौता गरेको छ।
यस सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले नयाँ दिल्लीलगायत गुरुग्राम, लखनऊ, इन्दौर, राँची र नोएडामा गरी विभिन्न शहरमा रहेका मेदान्त अस्पतालका १३ शाखामा उपचार गराउँदा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
यो १५ प्रतिशत छुट अस्पतालको ओपिडी सेवा (डाक्टरको परामर्श, प्रयोगशाला र रेडियालोजी), आइपिडी सेवा (बेड भाडा, प्रयोगशाला र रेडियालोजी) तथा मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागू हुनेछ।
यस छुटको सुविधा प्राप्त गर्नका लागि अस्पतालको बिल भुक्तानी एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्नेछ। अस्पतालभित्र उपलब्ध सेवाहरूमा मात्र लागू हुने यो विशेष छुट सम्झौताले बैंकका ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनेछ।
For More: Everest Bank Medanta Hospital

