ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

EPS Korea Management

८ चैत २०७९, काठमाडौं।

परीक्षा शुल्क भुक्तानी र जागिरको आवेदनका लागि ईपीएस (EPS) दर्ताको सफल एकीकरण पछि, खल्तीले ईपीएस कोरियाको व्यवस्थापन शुल्क तिर्ने सुविधा थपेको छ।

रोजगारीका लागि कोरिया जाने प्रक्रियामा रहेका प्रयोगकर्ताहरूले खल्तीबाट आफ्नो ईपीएस कोरियाको अन्तिम व्यवस्थापन शुल्क तिर्न सक्नेछन्।

नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त पहल हो ईपीएस कोरिया जस अन्तर्गत कोरियामा विदेशी कामदारहरूलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्नका लागि सरकारले ल्याएको प्रणाली हो।

थप रूपमा, खल्ती जस्ता डिजिटल वालेट मार्फत भुक्तानी प्रणाली सुरु गर्दा प्रक्रियालाई थप सहज र समय बचत हुनेछ।

यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्नुहुन्छ,

“अहिले डिजिटल भुक्तानी गर्ने क्षमता पहिलेभन्दा धेरै महत्त्वपूर्ण भएको छ किनभने यसले प्रयोगकर्ताहरूलाई धेरै तरिकामा फाइदा पुर्‍याउँछ। हामी यस पहलसँग आबद्ध हुन पाउँदा गर्व गर्छौं र प्रयोगकर्ताहरूलाई सुविधाजनक भुक्तानी समाधान प्रदान गर्ने आशा गर्दछौं।”

तल दिएको स्टेप्स अनुसार खल्ती प्रयोगकर्ताहरूले शुल्क भुक्तानी गर्न सक्नेछन् :

१.  खल्तीको होमपेजमा जानुहोस्

२. ‘पपुलर गभर्मेन्ट सर्भिसेस’ मा ट्याप गर्नुहोस्

३. “EPS कोरिया व्यवस्थापन शुल्क” छनौट गर्नुहोस्

४. आफ्नो राहदानी नम्बर दाखिला गरि विवरण भर्नुहोस्

५. भुक्तानी प्रकृया छनौट गरि भुक्तानी गर्नुहोस्

वैदेशिक रोजगारमा जानेहरूले खल्ती मार्फत ‘रिलायबल सुरक्षित जीवन बिमा’ योजना पनि लिन सक्नेछन् जस अन्तर्गत रु ३ लाख सम्मको इन्स्योरेन्स को लाभ प्राप्त गर्न सक्नेछन्। यसका साथै प्रयोगकर्ताहरूले खल्तीबाट DOFE बीमा र DOFE वेलफेयरको लागि पनि भुक्तानी गर्न सक्छन्।

ISO 27001: 2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ।

खल्तीमा हाल २५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभर को परिवारमा वृद्धि गरेको छ।

सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here