आन्टरप्रिनियरसिप टक सिरिज सम्पन्न

Entrepreneurship Talk Series

असोज २५, २०७७, काठमाडौं ।

हल्ट प्राइज आईओई र नेक्स्टजेनले शनिबार ‘आन्टरप्रिनियरसिप टक सिरिज: लेभल टु बिल्डिङ अ टिम’ शीर्षकमा दोस्रो भर्चुअल टक सिरिज आयोजना गर्यो । उक्त सिरिजमा पाकिस्तानी मूलका बलिउड सेलिब्रेटी अलि जफरको पनि एक घन्टाको  भर्चुअल उपस्थिति रह्यो । उक्त कार्यक्रम पुल्चोक क्याम्पसका विद्यार्थीबाट सम्पन्न गरियो ।

सेसनमा फोर्ब्स, आईबीटी र सीएनएन जस्ता ग्लोबल साइटहरुमा फिचर भइसकेका वक्ता एक सफल आन्ट्रप्रेनियर सतिस गैरेको उपस्थिति भयो।

उक्त टक  सिरिजमा सतिस गैरेले आफ्नो व्यावसायिक यात्राको र आफुले भोगेका  संघर्षको बारेमा बतानुभयो । अनि उहाले टीम कसरी बनाउने बारेमा टक गर्नुभयो । उहॅाले सबैलाई आन्टरप्रिनियरको यात्रामा कसरी अगाडी बढ्ने बारेमा बताउनु भयो र उक्त क्षेत्रमा जान सबैलाई हौसला प्रदान गर्नुभयो ।

पछि उक्त टक सिरिजमा पाकिस्तानी सुपरस्टार तथा बलिउडका चर्चित आभिनेता र गायक जफरले आफ्नो कडा मेहेनत र महिलाको अधिकारको बारेमा बोल्नुभयो । उनले आफ्नो काम, सक्रियता र मानवीय कर्मका बारेमा कुरा सुनाएर युवाहरुलाई परिवर्तनतर्फ अग्रसर कसरी गर्न सकिन्छ भन्ने ब्याख्या गर्नुको साथै आफ्नो फ्यानको आग्रहमा आफ्नो फिल्ममा आफ्नो गीत पनि गाउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here