इन्टरनेट सेवा प्रदायक संघको नयाँ कार्यसमिति चयन

Internet Service Provider Association New Committee

१७ माघ २०७९, काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक संघले २२ औ साधारण सभाबाट तपशिल बमोजिमका पदाधिकारी चयन गरेको छ । तात्कालिन सल्लाहकार बिनय बोहरा, तात्कालिन उपाध्यक्ष प्रमेश खरेलको प्रस्तावमा र तात्कालिन सल्लाहकार मनोज अग्रवाल, तात्कालिन महासचिव नविन कुमार श्रेष्ठ लगायतको समर्थनमा(सर्वसहमतिमा) सुधिर पराजुलीको अध्यक्षतामा तपशिल बमोजिमको कमिटी गठन भएको छ ।

संघले इन्टरनेट सेवा प्रदायकहरुका समस्याहरुलाई एक एक गरी समाधान गर्ने, नेपाल सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब दिने र गुणस्तरीय सेवा दिंदै इन्टरनेट क्षेत्रको विकाश गर्ने लगायतका लक्ष्य लिएको छ ।

अध्यक्ष – सुधिर पराजुली
उपाध्यक्ष – मनोज अग्रवाल
महासचिव – नविन कुमार श्रेष्ठ
कोषाध्यक्ष – पुष्कर बडाल
सचिव -सुरेन क्षेत्री
कार्यकारी सदस्यहरु: कमल बास्तोला, सुदिप आचार्य,  मधु अमात्य,  सुजन थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here