कृषि विकास बैंकको ‘स्मार्ट प्लस’ एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
११ कात्तिक, काठमाडौं।
कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको आधिकारिक मोबाइल बैंकिङ एप ‘स्मार्ट प्लस’ मार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न सक्ने भएका छन्।
यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाहरूको निरन्तरता कायम राख्न सहयोग पुग्नेछ।
डिसहोमले आफ्ना ग्राहकहरूलाई सहज र सुविधाजनक सेवा अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट सेवा नवीकरण गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ। कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपका अतिरिक्त ग्राहकहरूले अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमहरूबाट समेत आफ्ना डिसहोम सेवाहरू नवीकरण गर्न सक्नेछन्।
सेवा नवीकरण तथा अन्य थप जानकारीका लागि डिसहोमको ग्राहक सेवा केन्द्र वा आधिकारिक डिजिटल माध्यमहरूमा सम्पर्क गर्न सकिनेछ।
For More: Dishhome ADBL Smart Plus

