सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हट क्रिम बेलमा छुट
३१ जेठ, काठमाडौं ।
सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।
यस सम्झौता अन्तर्गत सन्राइज बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपालपे क्यूआर स्क्यान गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित केएफसी, पिजा हट र क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १०% (अधिकतम २०० प्रति कारोबार) क्यासब्याक पाउने छन् । यो योजना २१ असार २०८० सम्मका लागि लागु गरिएको छ ।



