आजियाटा र एनसेलले भने – ‘आईसीएस आईडीको निर्णयलाई सम्मान’, सरकारलाई कुनै रकम तिर्न बाँकी छैन

Now Ncell mobile number start from 970

२९ जेठ, काठमाडौं ।

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेल आजियाटाले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) बाट आएको लाभकर विवादसम्बन्धि मुद्दाको फैसलालाई सम्मान गरेको छ ।

“आजियाटा न्यायाधिकरणको निर्णयलाई सम्मान गर्दछ र निर्णयका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको छ । यस विषयमा अद्यावधिक जानकारीहरु पछि घोषणा गरिनेछन्”, विज्ञप्तीमा भनिएको छ । आजियाटा आईसीएसआईडी र प्रक्रियामा संलग्न सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दछ र नेपाल सरकारसँग सदा झै रचनात्मक रुपमा संलग्न रहनेछ ।

नेपाल विरूद्ध आजियाटा यूकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत शेयर अप्रत्यक्ष रुपमा अधिग्रहण (कारोबार) गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन दिएको निवेदनका सम्बन्धमा इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) ले आफ्नो मध्यस्थताका लागि निवेदन दिएको थियो ।

आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले जेठ २६, २०८० मा आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय दिएको थियो । न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको एनसेलको भनाइ छ  ।

मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेको कारणले गर्दा आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि नेपाललाई आदेश दिइएको थियो । यस्तो रकममा आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्ने समेत गरि करिब १४ लाख अमेरिकी डलर रहेको थियो । यो निर्णय अनुसार अब आजियाटा यूके र एनसेलले कुनै रकम तिर्न बाँकी नरहेको विज्ञप्तीमा भनिएको छ  ।

आजियाटा र एनसेलले नेपालको आर्थिक सामाजिक विकासका लागि उलेख्ख योगदानहरु पुर्याएको छ । देशको एक ठूलो करदाताका रुपमा एनसेलले स्थापना देखि गत आर्थिक वर्ष २०७८/७९ सम्ममा कर तथा विविध शुल्कहरु बापत रु २ खर्ब ८३ अर्ब योगदान गरेको छ । एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरि २५ हजार भन्दा बढिलाई रोजगारी प्रदान गरेको छ र १ करोड ६० लाख भन्दा बढि ग्राहकलाई आफ्नो नेटवर्कमार्फत जोडेको छ ।

आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले राष्ट्रका लागि महत्वपूर्ण भनेर पहिचान गरिएका क्षेत्रहरु शिक्षा, स्वास्थ्य, र वातावरणका विभिन्न आयोजनाहरुमा १ अर्ब ७५ करोड भन्दा बढि लगानी गरिसकेको छ । आफ्ना ग्राहक र नेपाली जनतालाई सेवा दिन पूर्ण रूपमा प्रतिबद्ध रहेको एनसेलले जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here