प्रभु बैंकका ग्राहकले “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट पाउने

Discount Agreement with Kitchen Multipurpose
Share It On:

२९ भदौ २०७९, काठमाडौं।

प्रभु बैंक लिमिटेड र पोखरा स्थित एस्.जे.एस्. हट एण्ड स्पाइसी किचन मल्टि पर्पोज प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट अमरसिंह शाखा कार्यलय ज्ञान बहादुर गुरुङ्गद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र उक्त रेस्टुरेन्टका बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूणर् ग्राहक महानुभावहरुले एस्.जे.एस्. हट एण्ड स्पाइसी किचन मल्टि पर्पोज प्रा. लि.द्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत एस्.जे.एस्. हट एण्ड स्पाइसी किचन मल्टि पर्पोज प्रा. लि. मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, एस्.जे.एस्. हट एण्ड स्पाइसी किचन मल्टि पर्पोज प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूणर् ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts