नेपाल प्रिमियर लिग: डेभिड मलानपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा दोस्रो अर्धशतक
१२ कात्तिक, काठमाडौं।
एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पोखरा एभेन्जर्स विरुद्ध ३६ बलमै ४ चौका र २ छक्काको मद्दतमा प्रतियोगिताको दोस्रो अर्धशतक प्रहार गरेका छन्।
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीकाे नाममा दर्ज भएको छ। ऐरीले पाेखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा गरे। जसमा ४ चाैका र २ छ्क्का सामेल छन् ।
यसअघि जारी एनपीएलकाे पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काएका थिए।
For more: Dipendra Singh Airee Smashes Second Fifty of the Tournament

