१३ फागुन २०७९, काठमाडौं ।
कम्प्युटर व्यवसायी, आई. टि. प्रोफसनल, सुचना प्रविधीसंग सम्बन्धित महानुभावहरुको हकहित र सामाजिक परिवर्तनका लागि वि.स. २०६० सालमा कम्प्युटर एशोशिएसन नेपाल कैलालीको स्थापना गरिएको थियो ।
वि.स. २०७१ सालमा कम्प्युटर एशोशिएसन नेपाल महासंघमा आवद्ध भई स्थापनाकाल देखी नै विभिन्न किसिमका कार्यक्रमहरु जस्तैः सेमिनार, छात्रवृतिमा तालिमहरु गर्दै आईरहेको व्योहरा यहाँहरुलाई अबगत नै छ ।
यसै क्रममा २०७२ असोज १४ देखि १८ सम्म धनगढी स्थित ओम प्यfलेसमा भव्यताका साथ सम्पन्न गरि उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको जानकारी गराउदछु ।
सचार तथा प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि, प्रदशनी तथा यस क्षेत्रको विकासकालागि आवश्यक रणनिति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उदेश्यले आयोजना हुदै आएको CAN InfoTech दोस्रो सस्करण यहि मिति २०७९ फाल्गुण १६ गते गते देखी २० गतेसम्म सुचना प्रविधी प्रदर्शनी सम्पन्न गर्नको लागि अन्तिम तयारीमा रहेका व्योहरा जानकारी गराउदछौ ।
यो प्रदशनी सुचना प्रविधि सम्वन्धी चासो राख्नेहरुका लागि सुचना प्रविधिको क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेस थलो हुन सक्दछ।
CAN InfoTech सुचना तथा सचार प्रविधि क्षेत्रका कम्पनीहरुलाइ आफ्नो विचार तथा प्रविधिको बारेमा सरोकारवालाहरुको आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादन सार्वजनिक गर्ने, ग्राहकसंग आपसी सम्बन्ध स्थापना गर्नेमा महत्वपुर्ण भुमिका खेल्ने छ ।
उक्त सुचना प्रविधी प्रदर्शनीको मुख्य प्रायोजनमा नेपाल दूरसञ्चार प्राधिकरण र एशोशिएटसमा नेपाल टेलिकम रहेको जानकारी गराउदछु ।
सुचना प्रविधी प्रदर्शनी प्रमुख आर्कषणहरु:
नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रस्तीष्ठान, NAST को सुविधा सम्पन्न मोबाइल बसमा विभिन्न सेमिनारका बारेमा जानकारी गराइने ।
- सुदूरपश्चिमका ९ जिल्लालाई समेटेर ८०,००० देखि १,००,००० सम्म दर्शकहरुलाई अवलोकन गराइने ।
- ७० वटा स्टल राखी विभिन्न कम्पनि, संस्थाहरुलाई आमन्त्रण गरी नयाँ नयाँ प्रविधीहरुको प्रदर्शन गर्ने ।
- सु.प.का विभिन्न IT College का ईन्जीनियरहरुले वनाएका प्रवीधीलाई प्रर्दसन गर्ने ।
- सुचना प्रविधि क्षेत्रमा उत्कृष्ट काम गरेका व्याक्तिहरुलाई सम्मान गर्ने ।
- IT Seminar तथा प्रविधिको प्रर्दसन गर्ने संस्थालाई पुरुस्कृत गर्ने ।
- Information Access Center (IAC) Mobile bus
- Online Exhibition