नेपालमा फिफा विश्वकप २०२६ कसरी हेर्ने? DGO ले ल्यायो सस्तो मोबाइल पास
२७ जेठ, काठमाडौं।
विश्वकप फुटबलको महाकुम्भ, फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा नेपाली फुटबल प्रशंसकहरूका लागि खुसीको खबर छ। नेपालको लोकप्रिय डिजिटल स्ट्रिमिङ प्लेटफर्म DGO (डिस होम डिजिटल प्रा. लि.) ले विश्वकपका सबै खेलहरू प्रत्यक्ष हेर्न मिल्ने गरी विशेष ‘मोबाइल-ओन्ली’ (Mobile-Only) पास सार्वजनिक गरेको छ ।
अब मात्र रु. ५४९ मा दर्शकहरूले आफ्नो स्मार्टफोनमा विश्वकपका सबै १०४ खेलहरू उच्च गुणस्तरमा हेर्न सक्नेछन् ।
DGO मोबाइल पासका मुख्य विशेषताहरू
किफायती मूल्य: मात्र रु. ५४९ मा प्रतियोगिताभरका सबै १०४ खेलहरूको अनलाइन स्ट्रिमिङ सुविधा उपलब्ध छ
नेपाली कमेन्टरी: फुटबलको रोमाञ्चक अनुभव अब आफ्नै राष्ट्रिय भाषा नेपालीमा लिन सकिनेछ ।
डुअल कमेन्टरी: दर्शकहरूले आफ्नो इच्छा अनुसार नेपाली वा अंग्रेजी भाषाको कमेन्टरी रोज्न पाउनेछन् ।
फुल एचडी क्वालिटी: खेलको हरेक पल १०८०p फुल एचडी (Full HD) भिडियोमा स्पष्ट देखिनेछ ।
सजिलो खरिद: कुनै तेस्रो पक्ष विना सिधै DGO एपबाट केही क्लिकमै पास एक्टिभेट गर्न सकिन्छ ।
DGO ले अनधिकृत ‘फ्रि स्ट्रिमिङ’ लिङ्कहरू र शंकास्पद एपहरूबाट बच्न र आधिकारिक प्लेटफर्म मार्फत सुरक्षित रूपमा खेल हेर्न सबैमा आग्रह गरेको छ ।
For more: DGO Live Stream Mobile With Nepalese Commentary


