०८ माघ २०७६, काठमाडौं ।
नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास बैंकहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीसँग इन्टिग्रेसन गर्न सहयोग गर्नेछ ।
यसका लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मुक्तिनाथ विकास बैंक, ज्योति विकस बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकसँग भिन्दा-भिन्दै सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुरुप, नेपाल क्लियरिङ्ग हाउसले बैंकहरुलाई आरटीजीएस प्रणाली मार्फत् कारोबारहरु गर्न तथा आˆनो कोर बैंकिङ्ग प्रणालीमा जोड्न चाहिने आवश्यक आरजीटीएस ‘इन्टि्रग्रेसन मिडिलवेयर कनेक्ट आरटीजीएस’उपलब्ध गराउने भएको छ ।
विकास बैंकहरुसँगको यस सम्झौतासँगै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेपाल राष्ट्र बैंकको च्त्न्क्प्रणालीको प्रभावकारिता बढाउन विशेष सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
कनेक्ट आरटीजीएस प्रणाली पहिलो चरणमा अधिकांश ‘क’ वर्गका वाणिज्य बैंकहरुमा सफलतापूर्वक कार्यान्वयनमा आईसकेको छ र अब नेपाल राष्ट्र बैंकसंग आरटीजीएस प्रणालीको लागी डिरक्ट मेमबर को रुपमा सम्झौता गरी सकेका ‘ख’ तथा ’ग’ वर्गका वित्तिय संस्थाहरुको लागी पनि उपलब्ध गराइने छ ।