दशैंको अवसरमा भिभोको लक्की ड्र मार्फत पउानुहोस् आकर्षक फाईदाहरु

VIVO Mobile Lucky Draw

असोज २३, २०७७, काठमाडौं ।

भिभो ह्यान्डसेटको खरिदमा टिभिएस स्कुटर, स्मार्ट टिभी, इएर बड, पावर व्यांक र अन्य थुप्रै पुरस्कारहरु पाउनुहोस् जित्ने मौका ।

नेपालीहरुको महान पर्व दशैंको शुरुवातसँगै ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले आफ्ना ग्राहकहरुको लागि भिभो ह्यान्डसेटको खरिदमा आश्चर्यजनक तथा भव्य पुरस्कारको लागि विशेष लक्की ड्रको प्रस्ताब घोषणा गरेको छ ।

दशैंको यो विशेष प्रस्ताब योजना असोज २३ देखि मंसिर १५ सम्म नेपाल अधिराज्य भरका भिभोको आधिकारीक तथा खुद्रा विक्री केन्द्रमा लागू हुनेछ ।

चाडपर्वको अवसरमा भिभो नेपालले हरेक भिभो ह्यान्डसेटहरुको खरिद गर्नको लागि उपहारहरु निश्चित रुपमा प्रदान गर्ने योजना ल्याएकोछ । उत्सबलाई अझै आनन्द र उत्साहजनकमय बनाउन १५,००० भन्दा माथिको भिभो ह्यान्डसेटको खरिदमा विना लागत समान मासिक किस्ता र शुन्य अग्रिम भुक्तानी जस्ता आकर्षक प्रस्ताबहरु ल्याएको छ ।

दशैं नेपालको सबै भन्दा ठूलो चाड हो, यस उत्सबमा भिभो नेपालले विशेष प्रस्ताब योजना ल्याएर नेपालीहरुको पर्खाईमा रहेको २०२० को दशैं पर्वको खुसीलाई अझ दोब्बर बनाउन चहान्छ । दशैको यो विशेष लक्की ड्र मार्फत १२००० भन्दा बढि भाग्यशाली भिभोका ग्राहकहरुलाई ४३ इन्चको स्मार्ट टिभी, इएरबड,पावरव्याङ्क, स्क्रिन प्रतिस्थापना, इएरफोन लगाएत अन्य उपहारहरु आफ्नो घरमा भित्राउने अवसर प्रदान गर्दछ भने उत्सवको अवधिमा अन्य दुई भाग्यशाली ग्राहकहरुले बम्पर उपहार मार्फत १२५ सिसिको टिभिएसको एनटर्क स्कुटर जित्ने अवसर प्राप्त गर्दछ ।

भिभो नेपालका कार्यकारी प्रमुख मार्सले भने “यो प्रस्ताब योजना चाडपर्वको अवधीभर मान्य रहनेछ भने चाडपर्वको अवसरमा हाम्रो ग्राहकहरुलाई खुसी पार्ने उत्तम अवसर पनि हो । नेपालमा रहेको ग्राहकहरुले हामी प्रति देखाएको सद्भाव, प्रेम र कृतज्ञताको लागि हामीले यो लक्की ड्र लाई एक प्रतिकको रुपमा प्रस्तुत गरेका छौं ।

स्थापनाकाल देखिनै हामीले बजारमा ल्याएको नविन स्मार्टफोनहरुलाई हाम्रा ग्राहकहरुले अत्याधिकरुपमा रुचाएको हामीले देख्यौ । हामीले हाम्रा सबै भिभो प्रयोगकर्ताहरुको लागि उत्साहजनक र आश्चर्यजनक बस्तुहरु तथा बम्पर उपहारहरुका साथमा यस उत्सबको मौसमलाई अविस्मरणीय बनाउने लक्ष्य राखेका छौं भने हाम्रा ग्राहकहरुलाई हरेक खरिदमा अधिक लाभ प्राप्त गर्ने अवसर प्रदान गर्नेछौं ।”

यस उत्सबको मौसमा नेपाल अधिराज्यभरका हरेक कुना कुनामा रहेका ग्राहकहरुले भब्य पुरस्कार र भिभोको नयाँ स्मार्टफोन जित्ने मौका पाउनेछन् जसको आविष्कार टेक्नोलोजी, शैलि र भव्यताको अनुभबमा मिल्दछ जुन उनीहरुको विकसित जीवनशैलीको साथ अघि बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here