दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा: ७० प्रतिशतसम्म छुट र दैनिक उपहारको सुवर्ण अवसर
२२ साउन, काठमाडौं।
दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा
विशेष ब्रान्ड अफर्स तथा बचतका आकर्षक अवसर सहित दैनिक मिस्ट्री डिल्स मार्फत हरेक दिन एक भाग्यशाली विजेताका लागि करिब १५ हजार रुपैयाँ बराबरका उपहारहरु जित्ने सुवर्ण अवसर
नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित ‘८.८ ग्रेट एट सेल’ आयोजना गर्ने घोषणा गरेको छ । विशेष ब्रान्ड अफर्स, आकर्षक छुट, डिजिटल भुक्तानीमा अतिरिक्त बचत तथा हरेक दिन उपहार जित्ने अवसरसहित आयोजना गर्ने तयारी गरिएको यस अभियानले नेपाली उपभोक्तालाई अझ रोमाञ्चक र लाभदायी अनलाइन किनमेल अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
साउन २२ को राति ८ बजे देखि साउन २७ (अगस्ट ७ देखि १२, २०२६) सम्म सञ्चालन हुने यस अभियान अन्तर्गत ग्राहकहरूले ७० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी तथा ५० लाख रुपैयाँ बराबरका भौचरहरू प्राप्त गर्ने सुवर्ण अवसर पाउन सक्नु हुनेछ ।
यस अभियानअन्तर्गत ग्राहकहरूले दराजमा उपलब्ध लोकप्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूका उत्पादनहरूमा विशेष छुट प्राप्त गर्न सक्नु हुनेछ । प्लाटिनम ब्राण्ड पार्टनर्स अन्तर्गत रहेका होनासा र बेयर एनाटमीका उत्पादनहरूमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ भने गोल्ड ब्रान्ड पार्टनर, ब्रान्डहाउसका तर्फबाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । त्यसैगरी, सिल्भर ब्रान्ड पार्टनर्स अन्तर्गत रहेका न्यूलाइट, यूग्रिन, जीएनसी र बियर्डोका चयनित उत्पादनहरूमा ७० प्रतिशतसम्म छुट उपलब्ध हुने जानकारी दिइएको छ ।
उपभोक्ताका किनमेल अनुभवलाई अझ रोमाञ्चक बनाउने उद्देश्यका साथ दराजले यस अभियानका दौरान ब्रान्ड रश आवर सञ्चालन गर्ने भएको छ । अभियान सुरु हुने दिन अर्थात् अगस्ट ७ तारिकको राति ८ बजेदेखि अगस्ट ८ को बिहान २ बजेसम्म पहिलो विशेष सेशन सञ्चालन हुनेछ । त्यसैगरी, अगस्ट ९ देखि १२ सम्म हरेक दिन बेलुका ८ बजेदेखि १० बजेसम्म ब्रान्ड रश आवर सञ्चालन गरिनेछ । यस अवधिभर ७५ भन्दा बढी प्रतिष्ठित ब्रान्डका उत्पादनहरूमा ७० प्रतिशतसम्मको विशेष छुट उपलब्ध हुने जानकारी दिइएको छ । साथै, अभियान अवधिभर, दैनिक सञ्चालन हुने फ्ल्याश सेल मार्फत पनि सीमित अवधिका आकर्षक अफरहरूमा ग्राहकहरूले लाभदायक किनमेल गर्ने अवसर प्राप्त गर्न सक्नु हुनेछ ।
यसपटक दराजले ईसेवा सँगको सहकार्यमा डिजिटल भुक्तानीलाई थप लाभदायी बनाएको छ । अगस्ट ७ को राति ८ बजेदेखि मध्यरातसम्म ईसेवा मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरूले १० प्रतिशतसम्म (अधिकतम २०० रुपैयाँ) छुट प्राप्त गर्न सक्नुहुनेछ । त्यसैगरी, अगस्ट ८ देखि ११ सम्म हरेक दिन बेलुका ८ बजेदेखि १० बजेसम्म ईसेवा प्रयोग गरी खरिद गर्दा ९ प्रतिशतसम्म (अधिकतम १५० रुपैयाँ) अतिरिक्त छुट उपलब्ध हुने जानकारी दिइएको छ ।
यस अभियानको अर्को विशेष आकर्षणका रूपमा दराजले डेली मिस्ट्री डिल्स एण्ड गिभअवेज् पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत अभियान अवधिभर हरेक दिन एक भाग्यशाली विजेतालाई करिब १५ हजार रुपैयाँ बराबरका पुरस्कारहरू जित्ने अवसर प्रदान गरिने दराजले जानकारी दिएको छ ।
अगस्ट ८ देखि ग्राहकहरूले दराज नेपालको आधिकारिक ईन्स्टाग्राम पेजमा सार्वजनिक गरिएका आठवटा गोप्य ( मिस्ट्री) उत्पादनहरू, तिनको वास्तविक मूल्य (एमआरपी) र विशेष अफर मूल्य हेर्न सक्नु हुनेछन् । सहभागीहरूले हरेक दिन साँझ ७ बजेसम्म ती मध्ये आफूले अनुमान गरेका कुनै तीन उत्पादनको उत्तर कमेन्ट गर्नुपर्ने हुन्छ । यसरी, सही अनुमानका साथ कमेन्टमा आफ्ना तीन जना साथीलाई ट्याग गर्ने सहभागीहरू दैनिक लक्की ड्रमा सहभागी हुनेछन् । यसरी आफ्नो सहभागिता जनाउनु भएका ग्राहकहरु मध्यबाट हरेक दिन एक जना भाग्यशाली विजेता छनोट गरिनेछ । प्रत्येक दिन साँझ ७ बजे मिस्ट्री डिल्स सार्वजनिक गरिने दराजले प्रेश विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
आकर्षक छुट, विशेष ब्रान्ड अफर्स, डिजिटल भुक्तानीमा अतिरिक्त बचत, निःशुल्क डेलिभरी तथा दैनिक पुरस्कार कार्यक्रमसहित दराज नेपालद्वारा आयोजना हुने तयारीमा रहेको ‘८.८ ग्रेट एट सेल’ यस सिजनकै सबैभन्दा ठूलो र लाभदायी अनलाइन किनमेल अभियानमध्ये एक हुने कम्पनीको विश्वास छ ।
दराज ‘८.८ ग्रेट एट सेल’ सम्बन्धित थप जानकारीका लागि धधध।मबचबश।अयm।लउ मा भिजिट गर्न, दराज नेपालको फेसबुक पेज हेर्न वा दराज एप ब्राउज गर्न कम्पनीले बिनम्र अनुरोध गरेको छ ।
दराज गु्रपका बारेमा:
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।
For more: Daraz 8.8 Sale Nepal

