सनराइज बैंकद्वारा बर्दिबासका ५० जना गरीब तथा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

CSR at Sunrise Bank

१२ असार २०७९, काठमाडौं ।

सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्र्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकको बर्दिबास शाखाले बर्दिबास नगरपालिका वडा नं. २ स्थित जनता उच्च माध्यमिक विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना गरीब तथा विपन्न वर्गका विद्यार्र्थीहरुलाई स्कूल ब्याग लगायतका विविध शैक्षिक सामाग्रीहरु बैंकको मधेश प्रदेश प्रमुख दिपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख खड्ग बहादुर सिंहले संयुक्त रुपमा वितरण गरेका हुन् ।

बैंकले विद्यार्र्र्थीहरुलाई विद्यालय आउन प्रेरित गर्न र उनीहरुको शिक्षामा साथ दिने उद्देश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक दिलीप कुमार तिवारीले बैंकलाई धन्यबाद दिंदै आगामी दिनहरुमा बैंकसंग सहकार्य गरी विद्यार्र्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गरिने योजना रहेको समेत जानकारी गर्नुभयो ।

कार्यक्रममा बर्दिबास नगरपालिका वडा नं. २ का वडा अध्यक्ष धिरेन्द्र कुमार सिंह लगायत अन्य समाजसेवी र वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति समेत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here