कर्पोरेट पेको ५० दिन, ५० व्यवसाय, ५० करोडको कारोबार

corporate pay main logo

२१ फागुन २०७७, काठमाडौं ।

आधिकारीक सुरुवातको ५०औं दिनमा आइपुग्दा कर्पोरेटपे प्रणालीमा ५० भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई ५० करोड भन्दा बढिको भुक्तानी कारोबार फर्छौट भएको छ । बैंक वित्तीय संस्थाहरुका साना तथा मझौला व्यवसाय लगायत विभिन्न संस्थालाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी उक्त कर्पोरेटपे प्राणाली संचालनमा ल्याइएको हो ।

यस प्रणाली मार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी गर्न सकिन्छ भने व्यावसायिक ग्राहक एवम् सेवा प्रदान गर्ने बैंक/वित्तीय संस्थाको लागि आवश्यक आन्तरिक नियन्त्रणको समेत उपयुक्त व्यवस्था रहेको छ ।

यी भुक्तानीहरू व्यावसायिक ग्राहकले छनोट गरे बमोजिम कनेक्टआईपीएस मार्फत् रियल टाइममा र एनसीएचएल-आईपीएस मार्फत नन-रियल-टाइममा गर्न सकिन्छ । साथै यस प्रणालीमा गा्रहकले एकभन्दा बढी बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था पनि रहेको छ ।

कर्पोरेटपे प्रणालीे थालनी भएको छोटो समयमा नै यसको लोकप्रियता तथा प्रयोगले डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रवद्र्धन गर्ने विश्वास लिइएको छ । एनसीएचएलद्वारा संचालन गरिएको उक्त प्राणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । हाल २५ भन्दा बढी बैंक वित्तीय संस्थाहरु मार्फत् उक्त प्राणााली प्राप्त गर्न सकिन्छ र आफ्ना थप ग्राहकहरुलाई प्रणालीमा आबद्ध गराउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here