connectIPS बाट स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउने अवसर

connectIPS-Scholarship
Share It On:

११ बैशाख, काठमाण्डौं। 

connectIPS ले स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने सुनौलो अवसर ल्याएको छ । अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम रु १० हजार सम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्नुहुनेछ ।

यो अफर connectIPS बाट बैशाख ३१ गते सम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्य पछी बिजेताको जानकारी प्रकाशित गरिने छ । साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तीको रकम जम्मा गरिने छ ।

अभिभावकहरु तथा विद्यार्थीहरुलाई connectIPS मार्फत अनलाइन फी भुक्तानी गर्न निकै सहज हुन्छ । अयललभअतक्ष्एक् बाट ७०० भन्दा बढी स्कूलहरुको भुक्तानी गर्न सकिन्छ ।

connectIPS Scholarship Offer: Click Here

भुक्तानीकर्ताले connectIPS को वेब वा एपमा लग इन गरी creditors payment अन्तर्गत Education Institutions मा क्लिक गरी schools मा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कूल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्दछन् ।

साथै शैक्षिक संस्थाहरुले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न connectIPS मा क्रेडिटरको रुपमा आबद्ध हुन सक्दछन् । यसका लागि आफ्नो सम्बन्धित बैंक वित्तीय संस्था सँग सम्पार्क गरी अनलाइन सेवा लिन सकिन्छ ।

connectIPS, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो ।

connectIPS को वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । connectIPS मार्फत चालु आर्थिक वर्षको चैत्र मसान्त सम्म रु. ३९०० अर्ब भन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *