१५ जेठ, काठमाडौं ।
सरकारले शिक्षित युवाहरूलाई उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यले बिना धितो कर्जा दिने योजना सार्वजनिक गरेको छ।
अर्थमन्त्री बिष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै शिक्षित युवालाई २ लाखदेखि २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेका हुन्।
कर्जाको ब्याजदर केवल ३ प्रतिशत रहनेछ। यस्तो कर्जा लिनका लागि युवाले शैक्षिक प्रमाणपत्र र परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ।
पौडेलका अनुसार, यो कार्यक्रम युवालाई व्यवसाय र उद्यमतर्फ प्रेरित गर्न ल्याइएको हो। सरकारले शैक्षिक योग्यता, व्यवसाय दर्ता र परियोजना प्रस्तावलाई आधार बनाएर बिना धितो कर्जा दिने नीति लिएको हो।
यस योजनाले युवाहरूमा आत्मनिर्भरता, रोजगारी सिर्जना, र देशभित्र उद्यमशीलता प्रवर्द्धन गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।