सीएनआई युवा उद्यमी मञ्चको आठौँ साधारण सभा सम्पन्न: सुगम घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति, युवा उद्यमशीलताका लागि ५० करोडको कोष
१७ साउन, काठमाडौं।
नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च (CNIYEF) को आठौँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँस्थित होटेल र्याडिसनमा भव्यताका साथ सम्पन्न भएको छ। देशभरका नवप्रवर्धक युवा उद्यमी, उद्योगपति, कूटनीतिज्ञ तथा उच्च सरकारी अधिकारीहरूको उपस्थितिमा आयोजित उक्त साधारण सभाले सुगम घिमिरेको अध्यक्षतमा नयाँ नेतृत्व चयन गरेको छ।
कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल, नेपाल उद्योग परिसङ्घ (CNI) का अध्यक्ष बीरेन्द्रराज पाण्डे र पूर्वमन्त्री अनिल सिन्हाले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।
नयाँ कार्यसमिति र पदस्थापन
साधारण सभामार्फत आगामी कार्यकालका लागि नयाँ सञ्चालक समितिको घोषणा तथा पिन-पहिरन (Pinning Ceremony) सम्पन्न भएको छ।
कार्यसमिति संरचना:
अध्यक्ष: सुगम घिमिरे
निवर्तमान अध्यक्ष: मनिष श्रेष्ठ
लर्निङ चेयर: चिराग सरावगी
मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयर: शाइनी खेतान (को-चेयर: न्यान्सी अग्रवाल)
स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयर: निदा दून मल्ल (को-चेयर: सचेत मानन्धर)
गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स चेयर: सुजित रेग्मी (को-चेयर: चेतन प्रधान)
कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयर: पुनीत अग्रवाल
स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयर: यश अग्रवाल
फाइनान्स एन्ड इन्टरनेसनल रिले्सन्स चेयर: अङ्कुर अग्रवाल
उत्कृष्ट सदस्य तथा च्याप्टरहरू सम्मानित
वर्षभरि मञ्चमा उत्कृष्ट योगदान पुर्याउने सदस्य तथा प्रादेशिक च्याप्टरहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो:
मोस्ट एक्टिभ मेम्बर (पुरुष): जितेन्द्र बहाती (समिति तथा कार्यक्रमहरूमा सक्रियताका लागि)
मोस्ट एक्टिभ मेम्बर (महिला): नेहा अग्रवाल (प्रमुख पहलहरूमा पुर्याएको योगदानका लागि)
आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड: सुधिज्ञ पन्त (सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणका लागि)
च्याप्टर ग्रोथ अवार्ड: सीएनआईवाइईयफ लुम्बिनी च्याप्टर (सक्रिय सदस्य विस्तारका लागि)
च्याप्टर एक्सेलेन्स अवार्ड: सीएनआईवाइईयफ कोशी च्याप्टर (उत्कृष्ट कार्यसम्पादनका लागि)
५० करोडको उद्यमशीलता विकास कोष र निजी क्षेत्रसँगको सहकार्य
सम्बोधनका क्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले सरकारले उद्यमशीलता विकास सुविधा (Enterprise Development Facility) का लागि रू. ५० करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
उहाँले सीएनआईवाइईयफसँग सहकार्य गरेर युवा लक्षित उद्यमशीलताका कार्यक्रम अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
त्यसैगरी, सीएनआईका अध्यक्ष बीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक समृद्धिमा युवा उद्यमीहरूको भूमिका निर्णायक हुने बताउँदै नयाँ नेतृत्वलाई शुभकामना दिनुभयो।
For more: CNIYEF Concludes 8th AGM

