नेपाल उद्योग परिसंघद्वारा बाढी पहिरो प्रभावितलाई राहत वितरण

CNI Flood and Landslide Victim
Share It On:

२५ असोज, काठमाडौं ।

नेपाल उद्योग परिसंघले हालैको अविरल वर्षापछि आएको बाढी र पहिरो प्रभावितलाई राहत वितरण गरेको छ। परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङका १०० घर परिवार र गोदावरी नगरपालिका वडा नं. ७ का १०० घर परिवारलाई खाद्य सामग्री उपलब्ध गराएको छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठमार्फत दुई सय घर परिवारका लागि राहत सामग्री हस्तान्तरण गर्नुभयो। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले राहत सामग्री महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले र गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्कालाई हस्तान्तरण गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ललितपुरका विकट क्षेत्रका स्थानीय बासिन्दाका लागि राहत सामग्री उपलब्ध गराएकोमा परिसंघलाई धन्यवाद व्यक्त गर्नुभयो।

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेपाल उद्योग परिसंघका पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा. घनश्याम ओझासहित प्रशासन कार्यालयका उच्च कर्मचारीहरू सहभागी हुनुहुन्थ्यो।

For more: CNI Flood and Landslide Victims


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *