क्लासिक टेकको ‘तूफान’ अफर साथमा हाई स्पिड इन्टरनेट

Classic Tech Offer

१६ वैशाख, २०७८

नेपालको अग्रणी तथा ठुलो ईन्टरनेट सेवा प्रदायक संस्था क्लासिकटेकले आफ्नो तूफान अफर सार्वजनिक गरेको छ। कोभिडका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राही को आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो। घरमा बसेर गरिने अनलाइन जब र अनलाइन क्लासलाई ध्यानमा राखी तूफान अफर सार्बजनिक गरेको हो।

उक्त तूफान अफरमा ५० एमबीपीएस अन्तर्गत प्रती महिना १,२५० को दरमा १ बर्षको लागि १५ हजार रुपैयाँ जसमा २ आईपीटीभी निःशुल्क हेर्न पाइनेछ तथा ८० एमबीपीएस अन्तर्गत ३ आईपीटीभी प्रति महिना १,४०० का दरले १६,८०० र १०० एमबीपीएस अन्तर्गत ३ आईपीटीभीसम्म प्रती महिना १,८०० को दरले २१,६०० मा जडान गर्न सकिने कम्पनीले जनाएको छ ।

क्लासिक टेकको इन्टरनेटसँग आईपीटीभीको ५० भन्दाबढी एचडी च्यानलहरु र १०० एसडी च्यानलहरु निःशुल्क हेर्न पाइनेछ। साथै सबै पुरानो तथा नयाँ टीभी मा पनि यूट्यूव हेर्न सकिन्छ।

यति मात्र नभइ कम्पनीले आफ्नो पुरानो ग्राहकहरुको लागि रिचार्ज अन्तर्गत तूफान रिचार्ज अफर प्याकेज पनि सार्बजनिक गरेको छ। साथै अन्य प्याकेज अफरहरु का लागि कम्पनीको सम्पर्क नम्बर ९८०१००४४७७ मा सम्पर्क गर्न सक्ने कम्पनीले बताएको छ।

कम्पनीका प्रमुख सेल्स एन्ड मार्केटिङ म्यानेजर बिनय कुमार अधिकारीका अनुसार इलेक्ट्रोनिक अत्याधुनिक डिजिटल प्राविधि आईटीपीएस मोडेलमा बिस्तार गराउन सफल क्लासिक टेक इन्टरनेट कम्पनी भरपर्दो र गुणस्तरीय रहेको र यसै अनुसार सेवा दिइँदै आएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here