कक्षा १२ को नतिजा प्रकाशन: ६९.७५% उत्तीर्ण, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट!
५ असार, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले नतिजा अनुमोदन गरेपछि सार्वजनिक गरिएको हो। परीक्षा सञ्चालनको ३५ दिनमै नतिजा प्रकाशित गरिएको हो।
बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि सञ्चालन गरिएको थियो। परीक्षाको क्रममा आचारसंहिता तथा मर्यादाविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। रद्द गरिएका परीक्षार्थीमध्ये ३० जना नियमित तथा १० जना आंशिकतर्फका रहेका छन्।
विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट तथा नेपाल टेलिकमको नतिजा पोर्टलमार्फत हेर्न सक्नेछन्। त्यसैगरी, नेपाल टेलिकमको १६०१ नम्बरमा फोन गरेर वा *१६०१# डायल गरी पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
For More:-NEB Class 12 Result Out


