सिटिजन्स बैंकको ५.९९% स्थिर ब्याजदरमा “सजिलो घर कर्जा” र “सवारीसाधन” कर्जा सार्वजनिक
२४ भदौ, काठमाडौं।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरू प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ५ वर्षका लागि स्थिर रहने गरी ५.९९ प्रतिशत प्रति वर्ष ब्याजदरमा “सजिलो घर कर्जा” साथै ३ वर्षका लागि स्थिर रहने गरि ५.९९ प्रतिशत प्रति वर्ष ब्याजदरमा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत कायम रहेको ब्याजदर घर कर्जा मा ५ वर्ष सम्म स्थिर र सवारीसाधन कर्जा मा ३ वर्ष सम्म स्थिर रहने छ । स्थिर अवधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५% प्रिमियम दर थप गरी ब्याजदर कायम गरिनेछ । यस आकर्षक योजनामा सहभागी हुनको लागि ग्राहकहरूले नजिकको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अथि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसाले बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजि बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।
फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेभिङ्ग अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ ईकाइहरूबाट २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
For More: Citizens Bank Loan Interest

